अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी क्याम्पस, प्रभु बैंक र आइडिया स्टुडियो नेपालबीच त्रिपक्षीय सम्झौता

On: July 30, 2024 10:22 PM
Follow Us:

विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए)को प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप तथा ब्यवसायीक योजनामा सहुलियतमा वित्तीय कर्जा प्रवाह सम्बन्धि त्रिपक्षीय सम्झौता भएको छ ।

मंगलबार क्याम्पसमा आयोजित एक समारोहका बिच क्याम्पसका प्रमुख श्रीधर सुबेदी,प्रभु बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आइडिया स्टुडियो नेपालका प्रमुख डा. छिरिङ लामाले समझदारी पत्रमा हस्ताक्षर गरेर कार्यक्रमको सुरुवात गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैंकले विद्यार्थीलाई सुरुावती ब्यवसायमा न्यूनतम ब्याजदरमा बिउ पुँजी सहायता गर्ने, विद्यार्थीलाई डिजिटल बैंकिङ सम्बन्धि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई उद्योग तथा ब्यवसायमा जोड्ने गरी विभिन्न क्षेत्रको अध्ययन अवलोकन भ्रमण गराउने छ ।

त्यस्तै आइडिया स्टुडियो नेपालले उद्यमशीलता तालिमको प्राविधिक सहयोग गर्ने, उद्यमशिलता सम्बन्धि सेमिनार, विदेशी तथा स्वदेशी प्रशिक्षकबाट अतिथि कक्षा सञ्चालन र उद्यमशीलता पारिस्थितिक प्रणाली स्थापना गर्ने लगायत रहेको छ । सोही अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उद्यमशिलता सम्बन्धि अनुभव र सीपसँगै लगानीको वातावरण बनाउन त्रिपक्षीय सम्झौता कोशेढुंगा सावित हुने बताउनुभयो ।

अध्यक्ष ढुंगानाले उद्यमशीलताको माध्यमबाट यूवापुस्तामा बैदेशिक यात्राको मोह घटाउने तथा दीर्घकालीन समाधान गर्ने उद्देश्य लिएको समेत बताउनुभयो । सोही अवसरमा सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदी, भोलानाथ घिमिरे, पशुपतिनाथ ढकाल, उद्यमशिलता सम्बन्धि कार्यक्रमका संयोजक एवम् पुर्व क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदी, पुर्व क्याम्पस प्रमुख टिकाराम सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।