सेयर बजारको उल्लासमय उछाल कायमै रहेको छ । सेयर बजारको आजको आँकडालाई हेर्दा नयाँ रेकर्ड कायम भएको छ । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज भएको कारोबार हालसम्मकै उच्च कारोबार हो । नयाँ सरकार गठन, बजार तथा व्यवसायीमैत्री मौद्रिक नीति र अर्थमन्त्री विष्णु पौडेलको सकारात्मक पहलको कारण सेयर बजारको टर्न ओभर अहिलेसम्मकै उच्च हुनु साेहि कारणले हाे लगानीकर्ताहरुका लागि यो एउटा सुखद पक्ष हो ।

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारको उकालोको यात्राले लगानीकर्ताहरुको मनोबल बढाउनुका साथै बजारमा उनीहरुलाई चलायमान बनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा उक्लिएको छ । नेप्सेमा २.३८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.६५ अंकले बढेर ४९६.०३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरु सबैमा हरियाली छाएको छ । यसदिन कुल ३३२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयरको खरिदबिक्रीबाट २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ ६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार ३१७६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिभिल बैंक डिबेन्चर २०८८ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ७.९२ प्रतिशतले घटेको छ ।

Leave a Reply