सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखाले सडक दुर्घटनामा ज्यान गुमाएका एक बिमितको परिवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ। म्याग्दीको बेनी नगरपालिका वडा नं १० का छविलाल पुनको सडक दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती डालमायाँ पुनलाई बुधबार एक कार्यक्रम आयोजना गरी १० लाख ८७ हजार ६३ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

पर्यटकीयस्थल टोड्केबाट वाखेत फर्किदै गरेको अवस्थामा दुर्घटनामा ज्यान गुमाउनुभएका सवारीचालक स्वर्गीय पुनले ५ लाखको बिमाबापत ५ किस्ता बराबर १ लाख ७५ हजार २२५ रुपैयाँ बिमा कम्पनीलाई बुझाउनुभएको थियो। प्रमुख आतिथि बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णसिङ बानियाँको आयोजित कार्यक्रममा जीवन बिमा परिवारको आर्थिक सुरक्षाका लागि अति आवश्यक रहेको बताउनुभयो ।

उहाँले आर्थिक हैसियत अनुसार परिवारका सदस्यको बिमा गर्नुपर्ने बताउँदै बिमितको मृत्युपछि छिटो भुक्तानी गर्ने कम्पनीहरु धेरै विश्वासिला भएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्षेत्र प्रबन्धक बलराम कँडेल, शाखा प्रबन्धक मुक्ती पौडेल, सिनियर एजेन्सी आस्था गुरुङ लगायत शाखाको कर्मचारी तथा केन्द्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply