ब्रेन क्यान्सर पीडित राजु केसी बचाउनका लागि आर्थिक अभियानलाई तिब्रता दिइएको छ । बिहिबार बागलुङ उद्योग वाणिज्य संघमा आयोजित भेलामा राजु केसी सहयोग अभियान मुल समिति पनि गठन गरेर अभियानलाई सक्रिय बनाइएको छ ।

लामो समय बागलुङका सामाजिक क्रिर्याकलापमा सक्रिय केसी ब्रेन क्यान्सरको समस्याले अस्पतालमा उपचाररत हुनुहुन्छ । केसी अस्ट्रेलियाको अस्पतालमा उपचाररत हुनुहुन्छ । दुई वर्ष अगाडीदेखि क्यान्सरको संक्रमण भएका केसीलाई परिवारका सदस्यले धेरै रकम खर्चेर उपचार गरिरहेका छन् ।

परिवारका सदस्यले झण्डै रु.डेढ करोड खर्चेर पनि निको नभएकोले थप उपचारका लागि सहयोगको याचना गरेको परिवारले जनाएको छ । सामाजिक संजालमा राजुकी पत्नी उषा र अभियानको भेलामा बाबु रामबहादुर केसीले सहयोगको याचना गर्नुभएको छ ।

“जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको बिकल्प रहेन, परिवारको तर्फबाट धेरै खर्च भइसक्यो” केसीबा बुबाले भन्नुभयो “उपचारका लागि परिवारको क्षमताले भ्याएन, छोराको जीवन रक्षाका सबैको सहयोगले सहयोग पुग्नेछ ।” भेलाले जगदिशचन्द्र उपाध्यायको संयोजनमा, केवी रानामगर, क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, लक्ष्मी बाँस्कोटा र रुद्रबहादुर केसी रहेको ५ सदस्यीय समिति गठन गरेको छ । समितिले सबै क्षेत्रमा सहयोगको हात बढाउने बताएको छ । अभियान अन्र्तगत सहयोग गर्ने क्रम समेत शुरु भइसकेको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा रहेर काम गरेका केसीले सहकारी अभियान, जेसीज, लायन्ससहित सामाजिक संघ संस्थामा पनि काम गर्नुभएको थियो । उहाँले अहिलेसम्म आफ्नो र परिवारको लागि केही नमागी समाजका लागि काम गरेकोले उसलाई अप्ठ्यारो पर्दा सहयोगको काममा अगाडि बढेको समितिका संयोजक जगदिशचन्द्र उपाध्यायले बताउनुभयो ।

समितिले खाता खोलेर क्युआर कोडमार्फत सहयोग जुटाउने कार्य शुरु भएको बतउानुभयो । समिति गठनकै भेलामा उपाध्यायले ५० हजार नगद सहयोगको घोषणा गर्नुभएको छ । त्यसपछि धेरैले सहयोगको लागि अभियानालाई अगाडि बढाइसकेको उपाध्ययले बताउनुभयो । हाल सम्म साढे तीन लाख सम्म सहयोग संकलन भइसकेको उपाध्ययले जानकारी दिनुभयो । उपाध्ययका अनुसार दैनिकरुपमा रकम संकलनको विवरण सार्वजनिक गर्न समेत थालिएको बाताउनुभयो ।

अभियानमा सहकारी, उद्योग वाणिज्य संघ, विभिन्न लायन्स क्लब, शिक्षक, विद्यार्थी, संघसंस्थाले सहयोगको लागि पहल गरेका छन् । यस्तै केसीको उपचारका लागि विदेशमा समेत अभियान सक्रिय भइरहेको बताउदै नेपालको अभियान र विदेशको अभियानले उपचारमा राहत पुग्ने जनाइएको छ ।

Leave a Reply