म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनको आयोजनामामा सम्पन्न भएको मोना स्पेन नेपाली युरो कप फुटबल प्रतियोगिताको उपाधी बि वान सी यूकेले जितेको छ । मोनाको यूरोपस्तरीय सर्वाधिक धनराशीको पुरस्कारको प्रतियोगितामा ड्रि«म टिम नेदरल्याण्डलाई ३–४ ले पराजित गदैं उपाधी जितेको हो । प्रतियोगितामा मोना स्पेनका दुई टिम सहित यूरोपका विभिन्न देशबाट ११ टिमको सहभागिता रहेको थियो ।

विजेता र उपविजेताले क्रमश ५ हजार ५ यूरो, ट्रफी मेडल र प्रमाणपत्र, २ हजार २ यूरो, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको मोना स्पेनका सल्लाहकार एवम् प्रतियोगिता संयोजक सुरेश शर्माले जानकारी दिनुभयो ।

उत्कृष्ट सौगात गुरुङ खेलाडी, उत्कृष्ट गोलकिपर बसन्त, सर्वाधिक गोलकर्ता ८ गोल गदै इभान गुरुङलाई पुरस्कार प्रदान गरिने छ ।यूरोपमा छरिएर रहेका नेपाली फुटबल खेलाडी बिचको एकता र सहकार्यसँगै खेल प्रतिभाको पहिचान गर्ने गरी प्रतियोगिताको आयोजना गरिएकोमा निकै भब्य रुपमा सम्पन्न भएको मोना स्पेनका अध्यक्ष अयन्द्र तुलाचनले बताउनुभयो ।

खेलकुद र सौहार्दताको माध्यमबाट नेपालको भावनालाई पुनर्जीवित गर्ने, आत्मीयता र गर्वको भावना जगाउने र अविस्मरणीय सम्झनाहरू सिर्जना गर्ने उदेश्य यसपटक सफल भएको र आगामी दिनमा समेत निरन्तरता दिने मोना स्पेनले जनाएको छ ।

पछिल्लो समय नेपालमा ए डिभिजन खेल खेलेका खेलाडी समेत यूरोपमा प्रवेश गरेको अवस्थामा यूरोपस्तरीय टिम बनाउन समेत सजिलो हुने भएकाले प्रतियोगिताको आयोजना गरिएको महासचिव प्रविण सुबेदीले बताउनुभयो । प्रतियोगिताको फाइनलमा सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरिएको थियो । प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्र्ने सम्पुर्णलाई मोना स्पेनले आभार प्रकट गरेको छ।

Leave a Reply