साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

यसदिन सुनचाँदीको कारोबारको इतिहासमै पहिलोपल्ट सुनको भाउ बढेर डेढ लाख पुगेको हाे । चाँदीकाे भाउ ने स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर हालसम्मकै नयाँ रेकर्ड बनाउदै तोलाको १ लाख ५० हजारमा कारोबार भईरहेको जनाएाे छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीको भाउ आज स्थिर रहेको छ । भाउ स्थिर रहेर चाँदी तोलाको १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेकाे छ । आईतबार पनि चाँदी ताेलाकाे १ हजार ७ सय ८५ रूपैयाँमा नै काराेबार भएको थियो ।

Leave a Reply