हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी गायक तथा सर्जक रवि कार्कीले नयाँ भजन संग्रह ‘शिव भजन’  युट्युव च्यानल मार्फत सार्वजनिक गर्नुभएको छ । फरक फरक रुपमा अभिनय र गीत प्रस्तुत गर्ने गरेका गायक कार्कीले सार्वजनिक गरेको भजनमा कार्कीको शब्द तथा संगीत रहेको छ भने उहाँलाई आवाजमा प्रतिमा विश्वकर्मा, प्रदीप तिवारी, र रुपि सिन्जाली मगरले साथ दिनुभएको छ । गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन्।

पशुपतिमा सञ्चालित कोटी होममा भिडियो बनाइएको सो गीतलाई रवि कार्कीले नै निर्देशन गरेका छन्। प्रेम र गाउँले परिवेशमा मार्मिक कथालाइ बुन्ने र रियल जिन्दगीमा भन्दा फरक रिलमा जड्याको भूमिकामा देखिने कार्कीको भजन निकै चर्चामा छ। नयाँ भजन संग्रह “शिव भजन“पछि दर्शकले उनको नयाँ रूप पनि देख्न पाएका छन् ।

गायक कार्कीले भजनको म्यूजिक भिडियोले यूवापूस्तालाई समेत आर्कषित गर्ने बताउनुभयो । ‘रिजिल भएको सुरुवातमै राम्रो प्रतिक्रिया आएको छ,‘सुझाव अनुसार आगामी दिनमा अझै राम्रो गर्छु’ गायक कार्कीले भन्नुभयो । यसअगाडी समेत गायक कार्कीले गलेश्वरमा भजन गीतमा अभियन गरेका थिए ।

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीको यसअगाडी पञ्चेबाजाको लोकदोहोरी गीति एल्बम ‘बेनीबजारमा झर मायालु’ र ‘जाम सुस्तै’ ‘मायाँ के रैछ’ लगायतका गित लोकप्रिय छन् ।

Leave a Reply