---Advertisement---

जनयुद्धमा घाईते भएका लडाकुले उपचारको माग गदै धर्ना

On: August 6, 2024 10:57 AM
Follow Us:

माओवादीको जनयुद्धका घाइते तथा अपाङ्गता भएकाले उपचार नपाएको भन्दै एक पीडित धर्ना बसेका छन् । म्याग्दी जिल्लाबाट जनयुद्धमा समाहित भएर घाईते भएका पुर्व लडाकु, कार्यकर्ताको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन माग गदैं घाईते रमेश थापाले धर्नामा बसेर ध्यानार्कषण गराएका छन्।

बि.स २०६० साल दाङ जिल्ला भालुबाङ शसस्त्र प्रहरी तालिमबल दोहोरो भिडन्तमा घाइते हुनुभएका थापाले नियमित उपचार नपाएको गुनासो गदैं माग सुनुवाइ नभएसम्म धर्ना सहितका दवावमुलक कार्यक्रम जारी राखिने बताउनुभयो ।

उहाँले घाइते÷अपाङ्ग योद्धाका समस्या समाधान गर्न हरेक सरकार उदानिस रहेको बताउँदै जनयुद्धमा घाइते भई अपाङ्गता भएकाको छोराछोरीलाई निशुल्क शिक्षा सहित आत्मसम्मानको समेत आवश्यकता रहेको बताउनुभयो । परिवर्तनका लागि यूद्धमा होमिएपनि अहिले उपचारमा समेत आर्थिक नहुदाँ बाध्य भएर धर्नामा बसेको थापाको भनाइ छ ।

जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित परिचयपत्र र सम्मानपत्र दिनशहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने गराउने प्रतिबद्धतालाई माओवादीकै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदाँ समेत पूरा हुन नसकेको भन्दै पीडित निराश छन् ।