अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

काभा वुमन्स भलिबलको उपाधिका लागि भारतसँग खेल्दै नेपाल

On: August 7, 2024 9:38 AM
Follow Us:
---Advertisement---

काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा बुधबार साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुनेछ।

बुधबार सेमिफाइनलमा इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको थियो। भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो। सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो।