म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवती मैदानका अरुण मल्ल नेपालमा रहेका हेली कम्पनीका अनुभवी क्याप्टेन हुनुहुन्थ्यो। नेपालको हेलिकप्टर उडानमा ३५ बर्ष लामो अनुभवी जनशक्ति गुमाएको छ। लामो समयदेखि एयर डाइनेष्टीमा आवद्ध क्याप्टेन मल्ल नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर जङ्गलमा भएको उक्त दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गर्दा क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भयो ।

क्याप्टेन मल्लको निधनले जन्मभूमी राखुसँगै स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक शोकमा डुवेका छन् । क्याप्टेन मल्ल हेलिकप्टर कम्पनीमा अढाइ दशकयता आबद्ध हुनुहुन्थ्यो । तत्कालिन वायुसेवा कम्पनी नेपाल एयरवेज, कर्णाली एयरवेज लगायत नेपाली वायुसेवासँगै बीचमा अन्तर्राष्ट्रिय क्षेत्रको पनि हेलिकोप्टर सेवामा आबद्ध रहेको अनुभव थियो।

‘उहाँ अनुभवी क्याप्टेन हुनुहुन्थ्यो। १५ वर्षभन्दा अगाडिदेखि एयर डाइनेष्टीमा आबद्ध हुनुहुन्थ्यो,’ एयर डाइनेष्टीका ओपरेशन म्यानेजर वालकृष्ण पण्डितले भने,’ज्यादै मिलनसार र अनुभवी व्यक्तित्वलाई गुमाएका छौं। रसियामा उडान कोर्स गरेर आएका मल्लले करिअरको सुरुवातमा एमआइ–१७ पनि उडाएको अनुभव छ ।

कर्णाली एयरवेजपछि एयर डाइनेष्टीमा आबद्ध भएर नेपालको आकाशमा उद्धारदेखि पर्यटकलाई गन्तब्यसम्म पुर्याउने सुरक्षित क्याप्टेन मानिनुहुन्थ्यो । यसअघि २०७० असोजमा पनि उनी लुक्लामा दुर्घटनामा परे पनि बाँच्नु भएको थियो । अबको दुई बर्षपछि अवकाश लिने तयारीमा रहनुभएका क्याप्टेन मल्ल केही दिनमा फिनल्याण्ड हुदै मोना बेल्जियमको कार्यक्रममा जाने तयारी थियो । मोना बेल्जियमका पुर्व अध्यक्ष योगेन्द्र श्रेष्ठका अनुसार मोना बेल्जियमले स्वागत तथा सम्मानको कार्यक्रमको तयारी समेत भइरहेको अवस्थामा अप्रिय घटनाले स्तब्ध भएको बताउनुभयो । क्याप्टेन मल्लका श्रीमती र दुई छोरी छन्।

जोगिएका थिए दुई दुर्घटनामा
मल्लले दोस्रोपटक २०७० असोज १० गते बिहान ८ बजेर २० मिनेट जाँदा सोलुखुम्बुकै लुक्लामा मृत्युलाई पराजित गर्नुभएको थियो । दुई यात्रु लिएर तेञ्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्याण्ड गर्न खोज्दा मल्लले उडाएको हेलिकप्टर विमानस्थलको तारबारमा ठोक्किएको थियो ।त्यतिखेर मल्लले डाइनेस्टी हेलिसर्भिसेसको नाइनएन–एइएक्स हेलिकप्टर थियो। उक्त दुर्घटनामा दुई यात्रु घाइते भएका थिए भने क्याप्टेन अरुण र सोनाम छिरिङ शेर्पाको सकुशल उद्दार भएको थियो ।

क्याप्टेन मल्ल तेस्रोपटक २०७९ चैत २९ गते हवाई उडानकै क्रममा मृत्युलाई पन्छाउनुभएको थियो । नुवाकोट सूर्यचौरमा दुर्घटना भएकै हेलिकोप्टर त्यस दिन ह्याम्स अस्पतालको छतमा अवतरण क्रममा दुर्घटनामा परेको थियो । उक्त दिने बिरामी लिन चितवन भरतपुरतर्फ जान चिकित्सक टोली लिन उनी अस्पतालको हेलिप्याडमा अवतरण गर्न खोज्दा हेलिकप्टर ठोक्किएर टेल रोटर भाँचिएको थियो ।

हवाइ यात्रामा केही जोखिम मानिएका क्षेत्रमा समेत पुगेर पर्यटकको उद्धार तथा बिरामीलाई अस्पतालसम्म ल्याउन कम्पनीले क्याप्टेन मल्ललाई नै जिम्मा दिने गरेको थियो । तर यसपटक भने चिनियाँ पर्यटकलाई घुमाउन लैजाने क्रममा भने संसारबाटै विदा हुनुभयो । बुधबार दिउँसो भएको दुर्घटनामा भने मृत्युलाई हराउन सक्नुभएन ।

हवाइ यात्रामा केही जोखिम मानिएका क्षेत्रमा समेत पुगेर पर्यटकको उद्धार तथा बिरामीलाई अस्पतालसम्म ल्याउन कम्पनीले क्याप्टेन मल्ललाई नै जिम्मा दिने गरेको थियो । तर यसपटक भने चिनियाँ पर्यटकलाई घुमाउन लैजाने क्रममा भने संसारबाटै विदा हुनुभयो ।

Leave a Reply