शैक्षिक परामर्श दिने एभरेष्ट ग्लोबल एजुकेशनले म्याग्दीको सदरमुकाम बेनीमा विद्यार्थीलाई वैदेशिक शिक्षासम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले शनिबार १ दिने एजुकेशन फेयर आयोजना गर्न लागेको छ ।

आगामी अगष्ट १० अर्थात यही आउने शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने उक्त शैक्षीक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड,दक्षिण कोरिया र यूरोपका बिभिन्न विश्वविद्यालयका बारेमा जानकारी दिइने म्याग्दी शाखाका जगत गैरले बताउनुभयो ।

एजुकेशन फेयरमा स्टाण्टन कलेजका नेपाल प्रमुख तिर्थराज जोशी र चेओङगन कलेजका चिप म्यानेजर आलोक बस्ताकोटीले शैक्षिक पद्धति र संस्थाहरू, शैक्षिक सुविधा,पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा विद्यार्थीले परामर्श गर्ने जनाइएको छ । म्याग्दी र पर्वतमा कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थी, क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

शैक्षिक गन्तब्य बनाउने योजनामा रहेका विद्यार्थीलाई उक्त एजुकेशन फेयर फलदायी हुने भएकाले अवसरका रुपमा लिन एभरेष्ट ग्लोबल एजुकेशन सिड्नी शाखाका निर्देशक सुमन बानियाँले अनुरोध गर्नुभएको छ ।

एभरेष्ट ग्लोबल एजुकेशनको बेनी, सिड्नीको रकडेल, पोखरा र काठमाण्डौमा शाखा रहेको छ भने अस्ट्रेलियाको पर्थमा केन्द्रिय कार्यालय छ । अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थी, नेपाली समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीलाईसमे बताउनुभयो ।एभरेष्ट ग्लोबल एजुकेशन बेनी शाखाले म्याग्दीमा शैक्षिक परार्मश सँगै विपन्न परिवारका छोराछोरीलाई शिक्षादीक्षामा समेत सहयोग गर्ने गरेको छ ।

Leave a Reply