म्याग्दीको सदरमुकाम बेनीमा शनिबार एभरेष्ट ग्लोबल एजुकेशनले वैदेशिक शिक्षासम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एजुकेशन एक्सपो आयोजना गरेको छ ।

म्याग्दी र पर्वतबाट विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित एक्सपोमा स्टाण्टन कलेजका नेपाल प्रमुख तिर्थराज जोशी र चेओङगन कलेजका चिप म्यानेजर आलोक बस्ताकोटीले शैक्षिक पद्धति र संस्थाहरू, शैक्षिक सुविधा,पढ्दा झेल्नु पर्ने चुनौतिहरुका विषयमा काउन्सिलिङ गर्नुभएको थियो ।

Adv

एक्सपोमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्नका लागि आवश्यक प्रक्रिया, शुल्क, पूर्वतयारी कक्षा, छात्रवृत्ती, आवश्यक शैक्षिक योग्यता लगायतका सूचना, जानकारी र सल्लाहका साथै विद्यार्थीले कुन कलेज कस्तो अध्यापन र कस्तो सुविधा अनि कस्ता विषयमा पढाइ हुन्छ भन्ने बारेमा जानकारी दिइएको एभरेष्ट ग्लोबल एजुकेशन बेनी शाखाका प्रमुख जगत गैरेको भनाई छ ।

बिना जानकारी उच्च शिक्षाका लागि कलेज छनौट गर्दामा विद्यार्थीले भोक्दै आएको समस्याका बारेमा समेत सचेत बनाइएको थियो । अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड,दक्षिण कोरिया, यूएई र यूरोपका बिभिन्न विश्वविद्यालयका बारेमा विद्यार्थीले जिज्ञासा राखेका थिए । एक्सपोमा म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।

एक्सपोमा सहभागी विद्यार्थीले विश्वविद्यालयका बारेमा धेरै जानकारी पाएको बताएका थिए । बेनी शाखाका प्रमुख गैरेको अध्यक्षता, काठमाण्डौ शाखाका निर्देशक मोहान थापाको स्वागत, पोखरा शाखाका प्रमुख प्रवेश बरुवालले जानकारी दिएको कार्यक्रमको सञ्चालन न्यू वेष्ट पोइन्ट आवासीय माविकी विद्यार्थी बर्खा थापाले सञ्चालन गर्नुभएको थियो । एक्सपोमा १ सयभन्दा बढी विद्यार्थीले रजिष्टेशन सहित सहभागिता जनाएका थिए ।

एभरेष्ट ग्लोबल एजुकेशनको बेनी, सिड्नीको रकडेल, पोखरा र काठमाण्डौमा शाखा रहेको छ भने अस्ट्रेलियाको पर्थमा केन्द्रिय कार्यालय छ । यसैबीच आइतबार बेनी शाखामा इच्छुक विद्यार्थीलाई थप जानकारी सहित काउन्सिलिङ दिने जनाइएको छ ।

Leave a Reply