पर्वतको जलजला-२, बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा ब्यबस्थापन समिति गठन गरिएको छ । शनिवार भएको अभिभावकहरुको भेलाले खिमबहादुर बरुवालको अध्यक्षतामा नया समिति चयन गरेको हो । विद्यालय ब्यबस्थापन समितिको सदस्यहरुमा कमला विश्वकर्मा, अमृता विश्वकर्मा गौरीदेवी रिजाल, मिना शाही, आशा शाह मल्ल रहनुभएको छ ।

शिक्षा नियमावालीमा ब्यबस्था भए अनुसार शिक्षकहरुबाट मनोनानित एक सदस्यमा शिक्षिका रेश्मा जिसी, विद्यालय अबस्थित वडा नं २ का अध्यक्ष प्रकाश बहादुर घर्ति क्षत्री सदस्य (पदेन) र प्रधानाध्यापक सरस्वति शर्मा सदस्य सचिव रहनुभएको छ । नव गठित बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई वडा नं २-का अध्यक्ष प्रकाश बहादुर घर्ति क्षेत्री र निबर्तमान बि.ब्य.स. अध्यक्ष हिरा बहादुर बरुवालले खादा तथा अबिर लगाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

पत्रकार कृष्ण जिसीको नेतृत्वमा निरु जिसी र जुना खत्री रहेको तीन सदस्यीय निर्वाचन मण्डलले ब्यबस्थापन समिति चयनको पक्रिया पुरा गरेको हो । भेलामा कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का अध्यक्ष जि.सीले सिद्द बाबा विद्यालयको शैक्षिक गुणस्तर पालिकामा उत्कृष्ट रहेको बताउंदै अहिले पढिरहेका विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा प्रदान गरेमा विद्यार्थीहरु स्वत: बढ्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई बिद्यालय प्रति चासो दिन समेत आग्रह गर्नुभयो ।

कायक्रममा वडा नं ३ का पुर्व अध्यक्ष देबेन्द्र बहादुर भण्डारी, समाजसेवी मुकुन्द शर्मा, अभिभावक कमला विश्वकर्मा, दुर्गाबहादुर बरुवाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरस्वति शर्माले विद्यालयको प्रशासनिक र आर्थिक विवरण प्रस्तुत गर्नुभको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर बरुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षिक विष्णु बिकले गर्नुभएको थियो ।

Leave a Reply