कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले ८ औं स्थापना दिवसको अवसरमा आइतबार प्रसिद्ध धार्मिकस्थल गलेश्वर ज्येष्ठ नागरिक आश्रममा दान दक्षिणा दिएर भोजन गराइएको छ । म्याग्दीका कपडा ब्यवसायीको साझा संस्था समितिले ज्येष्ठ नागरिक, विद्यार्थी, असाहय र अपाङ्गता भएका गरी करिब १ सय जनालाई भोजन गराएको समितिका सचिव देवीप्रसाद शर्मा (डिपी)ले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका सचिव ताराप्रसाद आचार्य (बाबुराम)ले ब्यक्तिगत तथा संस्थागत रुपमा भोजन सहित विभिन्न सहयोगब अन्न क्षेत्र सञ्चालनमा सहज भएको बताउनुभयो ।

म्याग्दी जिल्लामा सरसफाई, बाढीपहिरो पीडितलाई सहयोग, ब्यवसायीलाई कर शिक्षा दृष्टिविहिनलाई पोशाक सहयोग सहित विभिन्न रचनात्मक कार्य गदैं आएका कपडा तथा फेन्सी व्यवसायी समितिले स्थापना दिवसको अवसरमा गलेश्वरमा सामुहिक भोजनमा सहयोग गरेको अध्यक्ष दामोदर शर्माले जानकारी दिनुभयो ।

Leave a Reply