default

पर्वतको जलजला गाउँपालिकाको शहरी क्षेत्रमा संकलन हुने फोहोरको व्यवस्थापन चुनौतीका रूपमा देखापरेको छ । अहिलेसम्म सहरी क्षेत्रका घरहरुबाट निस्किएको कुहिने र नकुहिने फोहोर छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्न नसक्दा अहिले अस्थायी रुपमा बिर्सजन गर्ने स्थानमा दुर्गन्ध फैलिएपछि समाधानका लागि सक्रिय भएको छ । पर्वतको जलजला गाउँपालिकामा ब्यवस्थित फोहोर व्यवस्थापन केन्द्र निर्माण नहुदाँ बर्षोदेखि भोग्दै आएको समस्या समाधान गर्ने भएको छ ।

default

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–मालढुंगा सडक अन्तर्गत पर्ने पर्वतबेनी, बौर, लामाखेत, मिलनचोक, फर्से लगायतका सहरी क्षेत्रबाट संकलन हुने फोहोरलाई अहिलेसम्म जैविक र अजैविक फोहोर भनेर नछुटई विर्सजनले गरिरहेको अवस्थालाई सुधादैं संकलन केन्द्र बनाउने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

फोहोर ब्यवस्थापनलाई नमुना बनाउन पोखरा र स्याङ्जाको वालिक नगरपालिकामा रुपमा पुगेर सिको गरिरहेको र फोहोर मैला निस्किने स्रोतहरुमा विशेष गरी भान्साबाट, घरबाट निस्किने फोहोर, घर बाहिरबाट निस्कने फोहोर, विद्यालयबाट निस्निे फोहोर, बजारबाट निस्किने फाहोर जस्ता फोहोर निस्कने श्रोतहरूमै जैविक फोहोर र अजैविक फोहोको बर्गिकरणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

जंगलमा फोहोर आगो लगाउने गर्दा झन् स्वास्थ्यमा समस्या उत्पन्न हुने देखिएपछि पर्वतबेनी–मल्लाज सडक छेउमै फोहोर व्यवस्थापनस्थललाई नै फोहोर संकलनलाई बर्गिकरण गर्न साढे ३ लाख र कवाडी संकलनका लागि साढे १० लाखको ठेक्काको सूचना प्रकाशित गरिएको छ ।

सहरी क्षेत्रका घरहरुबाट निस्किएका वाक्ला बस्तुहरुलाई जथाभावी फाल्न नदिई कन्टेनरमा, बोरीमा, विभिन्न प्रकारका झोलाहरुमा र तोकिएको ठाउँमा लिएर थुपार्ने गरी समुदायकै सक्रियतामा काम भइरहेको फोहोर ब्यवस्थापन समितिका संयोजक लोकनाथ रेग्मीको भनाई छ ।

स्थानीय समुदायले कुहिने र नकुहिने फोहोर संकलन गर्न रङ्ग संकेतसहितको डस्बिनको समेत माग गरेका छन् । साप्ताहिक रुपमा संकलन गरिने फोहोरलाई ट्याक्टरमार्फत बिर्सजन गर्ने गरिन्छ । अहिले गाउँपालिकाले बिर्सजन गरिरहेको फोहोर मापदण्ड विपरित भएको जानकारहरुले समेत सुझाव दिइसकेकाले कार्यान्वयन गर्ने गाउँकार्यपालिकाको बैठकले समेत निर्णय गरेको छ ।

 

Leave a Reply