CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बाराको सिम्रौनगढ नगरपालिका–७ मा विषाक्त माछा खाँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त माछा खाँदा उनका दुई छोरी र एक छोराको ज्यान गएको हो ।

नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरेका थिए। शनिबार राति माछा पकाएर खाएका परिवारका सदस्यले केही समयमै पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

अस्पताल पुग्नुअघि नै नौ वर्षीया लालिमा रामको बाटोमै ज्यान गएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्ज पठाएको थियो । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णदन्दन रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply