---Advertisement---

म्याग्दी बहुमुखी क्याम्पसले भदौ १५ गते पूर्वविद्यार्थीको भेला गर्ने

On: August 15, 2024 11:13 AM
Follow Us:

म्याग्दी बहुमुखी क्याम्पसले स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरूलाई लक्षित गरी आगामी भदौ १५ गते पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ ।

क्याम्पसको अध्ययन पश्चात विभिन्न क्षेत्रमा रहेकाको अनुभवको आदानप्रदान सहित क्याम्पसका अभियानहरुमा सक्रिय सहभागिताको वातावरण बनाउन सोही दिन पुर्व विद्यार्थीको तेस्रो अधिवेशन समेत गरिने क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

‘पूर्वविद्यार्थीको ज्ञान र सीपलाई अहिलेका विद्यार्थीमा हस्तान्तरण गर्ने चाहन्छौ,विदेशमा रहनुहुने विद्यार्थीलाई डिजिटल माध्यमबाट सहभागिताका लागि अनुरोध गर्दछु’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । बि.स २०४८ सालमा स्थापना भएको क्याम्पसले २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट धौलागिरी क्षेत्रमै पहिलोपटक गुणस्तर मान्यता प्राप्त समेत गरेको थियो ।

पूर्व विद्यार्थी संघका सचिव अर्जुन पौडेलले भेलामार्फत नयाँ नेतृत्व चयन गरिने र क्याम्पसमा शैक्षिक तथा अन्य विभिन्न गतिविधिमा पुर्व विद्यार्थीले गर्न सक्ने क्षेत्रका बारेमा समेत छलफल हुने बताउनुभयो । ‘क्याम्पसलाई पूर्व विद्यार्थीले पनि धेरै गर्नुपर्ने छ, हामीले यो अवसरलाई सदुपयोग गर्नुपर्छ’ सचिव पौडेलले भन्नुभयो ।

पूर्वविद्यार्थीले यसअगाडी महायज्ञमा आर्थिक सहयोग, क्याम्पसभित्र फलफुलका विरुवा रोपण, विभिन्न तालिम सहितका कार्यक्रमहरु सञ्चालन गरेका छन् ।

म्याग्दी बुहुमुखी क्याम्पसले डिजिटिल प्रविधियुक्त बनाउने अभियान सहित विद्यार्थीलाई उत्पादन र उद्यमशिलतासम्बन्धि तालिम समेत सञ्चालन गरी आर्कषित गरिरहेको अवस्थामा भावि दिनमा विदेशमा अध्ययन, ब्यापार सहित विभिन्न क्षेत्रमा सक्रिय रहेका पूर्व विद्यार्थीलाई समेत क्याम्पसको हितमा जोड्ने योजनालाई प्राथमिकता दिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगनाको भनामई छ । हाल क्याम्पसमा कक्षा ११ देखि विभिन्न संकायमा ९ २५ जना विद्यार्थी अध्ययनरत छन्।