पछिल्ला समय नेपाली समाज आधुनिक बन्दै गएको छ । यसको प्रभाव हाम्रो दैनिकमा मात्रै होइन हाम्रा मौलिक परम्परा र संस्कृतिमा हाबी हुन थालेको छ । हामीले मान्ने चार्डपर्वका शैलीहरु परिवर्तन भएका छन् । विगतमा हामीले जसरी हाम्रा चार्डपर्व मनाउने गथ्र्यौ त्यो विधिमा अहिले निकै नै परिवर्तन आएको छ ।

आधुनिक शैलीलाई अनुशरण गर्दा हाम्रा मौलिक परम्परातका विशेषताहरु पनि विस्तारै गुम्दै गएका छौन । हाम्रा सांस्कृतिक धरोहरमा परिवर्तन हुँदै जाने होभने हाम्रो पहिचान पनि गुम्ने खतरा बढेको छ ।

हामी नेपाली विश्वमा हाम्रो मौलिक साँस्कृतिक र ऐतिहासिक परम्पराले परिचित छौ । त्यसैले भएका संस्कृतिलाई जोगाउनु पर्ने आवश्यकता छ । तर, हामीले हाम्रा संस्कृतिलाई जोगाउनको कुनै पहल गरेका छैनौ । हरेक वर्ष लाखौं विदेशी पर्यटकहरु हाम्रो परम्पराको अवलोकन गर्न नेपाल आउने गर्छन् । ति परम्परा जोगाउन सकिएन भने विदेशीलाई के देखाउने ? अब सोच्नु पर्ने बेला आएको छ ।

पछिल्लो समय तीज पर्वका गीतमा निकै नै आधुकिता भित्रिएको छ । तिजी गीतमा मौलाकता समाप्त नै भएको छ भन्दा फरक पर्दैन । किनकी विगतमा गाउने तीज गीत र अहिले गाइने तिज गीतमा निकै नै परिवर्तन आएको छ ।

विगतमा गाईने तिज गीमा महिलाका वेदना गाइन्थ्यो तर, अहिले अश्लिल शब्द प्रयोग गरेर विकृति फैलाउने मात्रै काम भएको छ । तिज गीतलाई अहिले दोहोरीको शैलीमा गाइन थालिएको छ । तिज गीतमा प्रयोग गरिने अश्शिल शब्दका कारण गीत सुन्न पनि लाज लाग्ने अवस्था सिर्जना भएको छ ।

कलाकारले त आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु पर्ने हो तर, तिनै कलाकारले तिज गीतमा धमाधम विकृतिको बाढी नै भित्राएका छन् । अहिले तिज गीत परिवारका सदस्यहरु संग बसेर सुन्न पनि लाज लाग्ने अवस्था सिर्जना गराउने खालका छन् । भनिन्छ कलाकार देशका गहना हुन् ।

तर, तिनै कलाकारले देशका मौलिक धरोहरलाई समाप्त पार्ने दिशमा अग्रसर भईरहेका छन् । अहिलेका तिज गीत महिला मुत्तिका सन्देश दिनभन्दा पनि अश्लिलता प्रर्दशन गर्न उदृत छन् । महिलाका वेदना उजागार हुनुपर्ने तिज गीतमा अहिले छोटाछोटा कपडा लगाएर कामुकता प्रर्दशन गर्ने मात्र काम भएको छ । के यस्ता गीतले हाम्रो संस्कृति संरक्षणमा योगदान पुगेको छ ? सोच्नु पर्ने बेला आएको छ ।

तिज गीतमा आएको विकृतिको बाढीलाई रोक्नको लागि सम्बन्धित निकाय नै बढी चनाखो हुनुपर्ने बेला आएको छ । यस्ता विकृति गीतलाई रोक्न नसक्ने होभने हाम्रो मौलिक गुम्ने निश्चित छ । त्यसैले तिज गीतका विकृति रोक्नको लागि कलाकार नै सचेत हुन जरुरी छ ।

महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका छ, मर्म छ । त्यसो त कुनै पनि गीत र भाकाले निश्चित परिस्थिति, परिवेश, कालखण्ड, भूगोल आदिको प्रतिनिधित्व गर्छ । तीज गीतको पनि यस्तै मौलिक विशेषता छ । महिलाहरुले वर्षभर भोगेका दुःख, पीडा, व्यथा, उत्पीडनलाई गीतको माध्यामबाट उजागर गर्ने मेसो हो, तीज । त्यसैले मर्ममाथि प्रहार गर्ने काम बन्द गरौं ।

Leave a Reply