पोखरा महानगरपालिका वडा नम्बर १५ मा आफ्नै काकीमाथि जबरजस्ती करणी गरि एक युवक फरार भएका छन् । पोखरा-१५ का निकेश भण्डारीले आफ्नै काकीलाई घरमा कोही नभएको समयमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

एक स्थानीयका अनुसार घटना असार २६ गते दिउँसोको हो । केही सुस्त र सोझीपाराकी युवतीलाई घरमा कोही नभएको समयमा मुखमा बुझो कोचेर बलात्कार गरेको र कुरा बाहिर आए मार्ने धम्की दिदैँ १५ लाख रुपैयाँको अफर गरेका थिए । घटना गुपचुप पार्ने कोशिस गरेपनि स्थानीयले थाहा पाएपछि प्रहरीसम्म पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमखु एसपी मोहनकुमार थापाले जबरजस्ती करणीसम्बन्धी जिल्लामा ३० गते जाहेरी परेको पुष्टि गरे । उनले घटनामा संलग्न भनिएका व्यक्ति फरार रहेको र खोजी कार्य चलिरहेको जानकारी दिए ।

स्थानीयहरुले बलात्कार जस्तो जघन्य अपराधमा पनि डर, त्रास र धम्की दिँदै १५ लाख रुपैयाँ दिएर घटना गुपचुप राख्ने प्रयास भएकोले छानबिन गरी पाऊँ भनी निवेदन दिएको एक स्थानीयले बताएका छन् ।

ज्यान मार्ने धम्की दिएपछि डराएकी पीडित महिला माइतीको शरणमा पुगेकी छन् । घटना लुकाउन शक्तिको प्रयोग गरी दबाब दिइरहेको स्थानीयको आरोप छ । त्यतिमात्र होइन घटना लुकाउन १५ लाख रुपैयाँको प्रलोभन दिएकोसमेत आरोप छ । ढोरपाटन

Leave a Reply