प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको सरकारको कारण जनताको मुद्दा खोसिने हो कि भन्ने चिन्ता लागेको बताएका छन् । जनताको मुद्दा खोसिन नदिनको लागि आफू अब जनतामाँझ जाने पनि उनको उद्घोष छ ।

रामवृक्ष यादवको स्मृति दिवसमा आज (आइतबार) पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टी अहिले एक ढिक्का भएको भन्दै सोहीअनुसार तल्लो तहसम्म पुगिने विश्वास दिलाए ।

उनले भने,‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौं । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौं ।’  ReportersNepal

Leave a Reply