आदिवासी जनजाति महासंघ अष्ट्रीयाको आयोजनामा संचालित खुल्ला युरोप स्तरीय भलिबल प्रतियोगिताको उपाधि मोना क्रोएशियाले जितेको छ ।
शनिवार सम्पन्न भएको फाईनल खेलमा ढोरपाटन क्लव डेनमार्कलाई २–१ को सेटमा हराउँदै मोना क्रोएशियाले उपाधि चुमेको हो ।
डेनमार्क, माल्टा, फिन्ल्याण्ड, अष्ट्रीया लगायत गरि युरोपका ८ वटा देश सहभागी भएको प्रतियागितामा उत्कृष्ट खेल प्रदर्शन गरि प्रथम स्थान हासिल गर्न सफल मोनाले २ हजार युरो सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मोना क्रोएशियाका विनोद सर्वन र उत्कृष्ट सेटर पुस्कर मगर घोषित हुनुभएको छ । साथै उत्कृष्टको कोचको रुपमा मोना क्रोएशियाका तेज सुन्दाश पुरस्कृत हुनुभएको छ ।
“मोना क्रोएशियाले भलिबल खेलमा निरन्तर सफलता हात पार्दै गएको छ, युरोप स्तरीय प्रतियोगितामा पनि शानदार प्रदर्शन गर्न सफल भयौँ र उपाधि पनि चुम्यौँ”  मोना क्रोएशियाका अध्यक्ष रुपेश सुन्दाशले भन्नुभयो ।
खेलकुद संगै मोना क्रोएशियाले विभिन्न सामाजिक गतिविधिहरु समेत संचालन गर्दै आएको छ ।

Leave a Reply