म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सद्वारा आयोजित तेस्रो मोना कपको उपाधि मोना फ्रान्सले जितेको छ । यहि अगस्ट १८ तारिखका दिन पेरिसमा सम्पन्न भएको मैत्रिपूर्ण पुरुष तथा महिला भलिबल दुबैतर्फको मोना फ्रान्सले प्रथम स्थान हासिल गरेको हो ।
निकै रोमाञ्चक भएको फाईनल खेलमा मोना फ्रान्सले स्याङजा समाजलाई पराजित गरेको हो । त्यस्तै दुई टिम सहभागी महिला भलिबलतर्फ मोना फ्रान्स प्रथम र बाग्लुङ समाज द्वित्तिय भएका छन ।
प्रतियोगितामा पुरुषतर्फ विजेताले २०२४ युरो, ट्रफि, मेडल प्रमाणपत्र र उपविजेताले १०२४ युरो, ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका मोना फ्रान्सका निर्वतमान सहसचिव महेन्द्र वोहोराले जानकारी दिनुभयो । त्यस्तै महिलातर्फ प्रथमहुनेले २ सय युरो, ट्रफि, मेडल, प्रमाणपत्र र दोस्रो हुनेले १ सय युरो, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
पुरुषतर्फ मोना फ्रान्स, बाग्लुङ समाज फ्रान्स, तमु समाज फ्रान्स, स्याङ्जा समाज फ्रान्स, युथ युनिटी पेरिस, पि.एन.वाई फ्रान्स र एनआरएनए फ्रान्स गरि सात समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट खेलाडी मोना फ्रान्सका विमल सुनार, उत्कृष्ट ब्लकर चोचन फगामी, उत्कृष्ट सर्वर विशाल भण्डारी, उत्कृष्ट डिफेन्डर गन्नु भण्डारी घोषित हुनुभएको थियो । त्यस्तै उत्कृष्ट स्पाइकर स्याङजा समाजका विशाल थापा र उत्कृष्ट सेटर भुपेन्द्र गुरुङ घोषित हुनुभएको थियो ।
त्यस्तै महिलातर्फ मोना फ्रान्सकी रमिशा गुरुङलाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा तमु समाज अनुशासित टिम बनेको खेलकुद संयोजक प्रेम थापा मगरले बताउनुभयो ।
मोना फ्रान्सका अध्यक्ष देवेन्द्र केसीले उद्घाटन गर्नुभएको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा कार्यक्रममा प्रमुख अतिथि मोना अन्तर्राष्ट्रिय कार्य समितीका सल्लाहकार मिम पुर्जा, मोना फ्रान्सका सस्थापक अध्यक्ष हेम बानियाँ, संरक्षक तप्त भन्डारी, पुर्व अध्यक्ष पदम शेरचन, सल्लाहकार मन बहादुर सेन्चुरी, एनआरएनए फ्रान्सका अध्यक्ष लोक पुन, स्याङ्जा समाजका अध्यक्ष अरुण गुरुङ, तमु समाजका अध्यक्ष तग्दिर गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो ।
मोना फ्रान्सका अध्यक्ष केसीको अध्यक्षता र सचिव विकास केसीको संचालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, मोना फ्रान्सका पदाधिकारी तथा सदस्यहरु तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । फ्रान्समा अहिले सम्मकै उत्कृष्ट प्रतियोगिता संचालन गरिएको आयोजक मोना फ्रान्सको दावी रहेको छ ।
मोना फ्रान्सका खेलाडीहरुमा टिम क्याप्टेन चोचन फगामी, प्रबुद्ध के.सि, लक्षमण छन्त्याल, बिशाल भन्डारी, बिमल सुनार,रमेश बोहोरा छेत्री, प्रेम थापा मगर, गन्नु भन्डारी, सफल खड्का र टिम म्यानेजरमा रेक पुन रहनुभएको थियो ।
प्रतियोगिता अवधिभर किस्मत अधिकारी, चोचन फगामी, प्रेम थापा मगर, गन्नु भन्डारी, रमेश छेत्री, सोबित राना मगर, अजय पुन र सन्तोष पुनले रेफ्रीको भूमिका निभाउनुभएको थियो ।

Leave a Reply