नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, १७ किलोमा यात्रुवाहक बस पल्टिएको छ ।

गौरबाट पोखरातर्फ जाँदै गरेको ग२ख ४७ नम्बरको यात्रुवाहक बस माथिबाट ढुंगा खस्दा पल्टिएको हो । बसमा सवार १९ जना घाइते भएका छन् ।

चितवन प्रहरीका डीएसपी भेषराज रिजालका अनुसार गुडिरहेको बसमाथि ढुंगा खसेपछि बस पल्टिएको हो । घाइते १९ मध्ये केहीको अवस्था गम्भीर छ । बसमा करिब ३५ जना सवार रहेको खुलेको छ ।

Leave a Reply