CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ पुनःहिमपहिरो खसेको छ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो। थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिमपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, मङ्गलवारको हिमपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने, ‘हिमपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ।’

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो। मङ्गलवार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो।

आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ। यसअघि वि.सं. २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए। रासस

Leave a Reply