Sunday, April 13, 2025
15.8 C
Beni
15.8 C
Beni
Sunday, April 13, 2025
Home खेल समाचार दक्षिण कोरियामा सातौ म्याग्दी कपको तयारी पुरा, तीस टिम सहभागि हुने

दक्षिण कोरियामा सातौ म्याग्दी कपको तयारी पुरा, तीस टिम सहभागि हुने

0
10

म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाको आयोजनामा आगामी सेप्टेम्बर १ तारिक आईतवार आयोजित प्रतियोगिताको सवै तयारी सकिएको हो । प्रतियोगिताको टाईसीट समेत सार्वजनिक भैसकेको छ । प्रतियोगिता दक्षिण कोरिया स्थित सुवोनको अजौ युनिभर्सिटिको खेल मैदानमा विहान ८ बजेदेखि संचालन हुने भएको छ ।
दक्षिण कोरियाको भलिवल इतिहासमा हाल सम्म कै सर्वाधिक टीमहरु सहभागी हुने प्रतियोगितामा तीस टिमले सहभागिता जनाउने भएका छन् । दर्ता भएका टिमलाई दुई समुहमा विभाजित गरिएको छ । समुह चरणको ए मा इन्छन समाज, बागलुङ समाज, जेनुन परियार, हान्वा ओसन, मोला सि, फेन्थक माईग्रेन, ढक्सान समाज, ताप्लेजुङ, गुन्सान परिवार, ह्वासाङ् भलिवल, सुदुर पश्चिम, मोना बि, अन्नपुणर् विश्वकर्मा समाज, परोपकार समाज र स्याङ्जा परिवार रहेका छन् ।
त्यसैगरी बि समुहमा मोना ए, छङ्ब समाज, मोना डि, थेसो परिवार, मोक्पो भलिबल, पर्वत समाज, ढोरपाटन बागलुङ, गूल्मी समाज, ओएचसि बागलुङ, योङसान समाज, अन्नपुणर् गोरखा, सिन्धुपाल्चोक, तनहुँ समाज, नेपाल सम्पर्क एनसिसी र दोलखा समाज रहेका छन् ।

धेरै समुह, सीमित समय, स्रोत साधनका बिच खेल प्रतिस्पर्धात्मक मात्रै नभएर मैत्रीपुणर् पनि हुने मोनाका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी टीमहरुले समय र आचारसंहितालाई पुणर्रूपमा पालना गरिदिन आयोजकले आग्रह गरेको छ । सम्पुणर् टिमलाई दिएको समयमा पाँच मिनेछ भित्र उपस्थित हुन नसक्ने टिमलाई स्वतः वाक ओभर दिईने खेल संयोजक पुस्कल पुनले जानकारी दिनुभयो ।

युवाहरुको मेल स्वास्थ्य र खेल भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा प्रथम हुने समुहलाई २० लाख कोरियन वन, द्धितियलाई १२ लाख वन र सान्त्वना हुने दुई समुहलाई चार/चार लाख रुपैया पुरस्कार समेत प्रदान गरिने भएको छ ।

आयोजकले प्रतियोगिताको अबलोकनका लागि कोरियाबासी सम्पूण  खेलप्रेमी महानुभावहरूमा निमन्त्रणा समेत गरेको छ।

error: Content is protected !!