म्याग्दी बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संघको तेश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । शनिबार म्याग्दी  क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनले अर्जुन पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्बाचित समितिको उपाध्यक्षमा देबेन्द्र पौडेल, सचिवमा प्रभा शर्मा, सहसचिव शैलेश श्रेष्ठ कोसाध्यक्षमा सुमित्रा थजाली रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा हरिकृष्ण गौतम, कृष्ण बहादुर जिसी, जीवन मल्ल, सन्दिप खत्री, प्रेम नेपाली, शारदा शर्मा, भीमनाथ शर्मा, मिन परियार, र इन्द्रबहादुर बरुवाल रहनुभएको छ ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एवं म्याग्दी क्याम्पसका पुर्व विद्यार्थी राजकुमार थापाले म्याग्दी क्याम्पसबाट शैक्षिक यात्रा पुरा गरेका हजारौ विद्यार्थीहरुलाई जोड्ने संजालको माध्यम यो संघ भएकोले यसको प्रभावकारिता ब्यापक रहेको बताउनुभयो । उहाँले क्याम्पसको बिकासको लागी पुर्व विद्यार्थीहरुको साथ सहयोग अपरिहार्य हुन्छ त्यसैले उनीहरुको अनुभवले क्याम्पसको शैक्षिक विकासमा थप मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख, रामजी प्रसाद सुबेदी, प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष प्रेम जिसी, पुर्व स्ववियु सभापति खुम बहादुर बानिया, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारण सभामा अध्यक्ष कल्पना खड्काले संगठनात्मक प्रतिबेदन, सचिव अर्जुन पौडेलले वार्षिक प्रतिबेदन र कोषाध्यक्ष देबेन्द्र पौडेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत भएको थियो ।
साधारण सभा तथा अधिबेशनको अवसरमा संस्थापक अध्यक्ष प्रकाश रेग्मी, पुर्व कार्य समितिका सदस्यहरु योगेश शर्मा, कर्ण खत्री, सारदा शर्मा लगायतलाई अम्मान समेत गरिएको थियो ।
नव निर्वाचित समितिको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले आफ्नो प्रतिबद्दता मन्तब्य प्रस्तुतगर्दै पहिलो बैठकबाट पुर्व विद्यार्थी संघका नीति तथा कार्यक्रम तयार पारिने बताउनुभयो ।
कार्यक्रम संघका अध्यक्ष कल्पना खड्काको अध्यक्षता, सचिव अर्जुन पौडेलको संचालन र स्वागत देबेन्द्र पौडेलले गर्नुभएको थियो।

Leave a Reply