म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको विद्यालय स्तरीय तीज गीत नृत्य प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय विद्यालय बिजेता बनेको छ । आइतबार म्याग्दी क्याम्पसको सभाहलमा तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट वियालय प्रथम भएको हो । प्रतियोगितामा बेनीकै प्रकाश मावि दोश्रो, बेनी सामुदायिक मावि तेश्रो र न्यु वेष्ट पोइन्ट आवासीय मावि सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम द्वितीय तृतीय र स्वान्त्वना हुनेले क्रमश १० हजार, ८ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा बिजेता विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने  क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ ढुंगाना र क्याम्पस प्रमुख श्रीधर सुबेदीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा बेनी र रघुगंगा गाउँपालिकाका गरि ९ वटा विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रमको बेनि नगरपालिका उपप्रमुख ज्योति लामिछानेले तीजका गीत गएर उद्घाटन गर्नुभएको थियो।  त्यसैगरी कार्यक्रममा क्याम्पसका उप प्राध्यापक रेखा कौसल  रेग्मीले तीज पर्वको महत्व, यसको मौलिकता र यस अवसरमा गाइने गीतको बारेमा चर्चा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले विद्यार्थीहरुमा रहेको क्षमतालाई उजागर गर्न र हाम्रा सांस्कृतिक पर्वहरुको महत्वको बारेमा थाहापाउन यस्ता प्रकारका कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

त्यसैगरी क्याम्पस प्रमुख श्रीधर सुबेदीले म्याग्दी क्याम्पसले विगत १० वर्ष देखि यो प्रतियोगितालाई निरन्तरता दिईरहेको बताउंदै यसले विद्यलयहरु बिचको सम्बन्ध र सहकार्यमा ठुलो  योगदान पुगेको बताउनुभयो ।  उहाँले विद्यर्थिहरुमा धेरै प्रकारको क्षमता हुने र उक्त क्षमतालाई प्रबर्धन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम क्याम्पस प्रमुख श्रीधर सुबेदीको अध्यक्षता प्रतियोगिताका संयोजक तथा प्राध्यापक नारायण पौडेलको संचालन सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालको स्वागतमा सम्पन्न भएको थियो  ।

Leave a Reply