---Advertisement---

पारालिम्पिकमा कास्य पदक विजेता पलेशाको भव्य स्वागत

On: September 4, 2024 10:08 AM
Follow Us:

पेरिस पालालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धन नेपाल आइपुगेकी छिन्। केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण गरेकी उनको भव्य स्वागत गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गसहित उच्च पदाधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी र अन्य विभिन्न सङ्घसंस्थाका व्यक्तिले उनलाई भव्य स्वागत गरेका छन्।

पलेशाले पारालिम्पिकमा तेक्वान्दोतर्फ के विधा अन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै ऐतिहासिक कास्य पदक जितेकी थिइन्।

राष्ट्रय खेलकुद परिषद्ले अहिले पलेशाको नगरपरिक्रमा गराइरहेको छ।