म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारको हत्यामा संलग्न र सहयोग गरेको अभियोगमा पाँचै जनालाई शुक्रबार जिल्ला अदालत म्याग्दीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मीनाका प्रेमी २५ वर्षीय राम खत्रीले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए । गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरी शब बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा पुरेको अभियुक्त खत्रीले बयान दिएका छन् । शव गत साउन २७ गते भेटिएको थियो ।

घटनाको अघिल्लो पुस १५ गते दिन घर परिवारका अन्य सदस्यले गर्भवती भएकाले आफै ब्यवस्थापन गर्न दवाव दिएपछि मृतक मीनाको घरमै पुगेर बोलाएर करिब १ सय मिटर तल रहेको चौतारीमा हत्या गरी झाडीमा लुकाएर पुनः घरमा गएर डोको नाम्लो लिएर कालीमूलको जङ्गलमा खाल्टो खनी पुरेको खत्रीको बयान छ ।

घटनामा हत्यामा मिलेमतो गरेको भन्दै प्रहरीले मुख्य अभियुक्त खत्रीकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई समेत घटनामा मिलेमतो गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । प्रहरीले मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात सर्वस्व सहित जन्म कैद सजाय माग गरेको जनाएको छ ।

Leave a Reply