---Advertisement---

फोटो प्रतियोगितामा २ सय बढी प्रतियोगि सहभागी

On: September 7, 2024 10:47 AM
Follow Us:

पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धन गर्न सर्वाधिक धनराशीको खुल्ला फोटो प्रतियोगितामा हालसम्म २ सयभन्दा बढी फोटो प्रतिस्पर्धामा छन् । मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा यही भदौ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ४ सय १ जना फोटो पठाइएकोमा मापदण्ड अपुग, सामाजिक सञ्जाल, विना अनुमित प्रयोग गरिएका तस्वीरहरुलाई मान्यता नदिइएको मोना अष्ट्रेलियाका प्रबक्ता हिक्मत श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

‘हामीसँग आइटीका विज्ञहरु हुनुहुन्छ, उहाँहरूले विभिन्न माध्यमबाट फोटोलाई छनौट गरेपछि मात्रै प्रतिस्पर्धाका लागि छनौट गर्ने गरेका छौ’ प्रबक्ता श्रेष्ठले भन्नुभयो। प्रतियोगितामा रद्ध गरिएका १२० फोटो रद्ध गरिएकोमा अझै ७२ प्रतियोगिका फोटो जुरी टिमले मापदण्ड सहित अध्ययन गरी सहभागि गराउने प्रतियोगिताका संयोजक मोना अष्ट्रेलियाका बाबुराम पौडेलले बताए ।

डिस्कभर म्याग्दी फोटो प्रतियोगिताको नाम दिइएको प्रतियोगिताले म्याग्दी जिल्लालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको भनाई छ । प्रतियोगितामा म्याग्दी जिल्ला झल्किने तस्वीरहरुसँगै परिचय समेत उल्लेख छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश १ लाख,५० हजार र २५ हजार र म्याग्दी च्याम्बर अवार्ड समेत रहेको छ ।

प्रतियोगिताको प्रायोजक शैक्षिक परामर्शदाता स्टूडेण्ट भाइसले गरेको छ। प्राकृतिक सुन्दरताको खानी म्याग्दी जिल्लाको पहिचानलाई फोटोको माध्यमबाट विश्वभर प्रवर्दधन गर्न सहयोग पु¥याउन प्रतियोगिताको आयोजना गरिएको मोना मोना अष्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरको भनाई छ । प्रतियोगिताको विजेता आगामी असोज महिनाको १९ गते घोषणा गरिने छ ।