म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–१,दोबाको आङ सिरिङ्ग हुने अग्लो कहालीलाग्दो पहरामा प्रसस्तै भीरमह पाइन्छ । स्थानीय बिकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पूर्जा र बेग पुनको टोली ज्यानको बाजी राखेर भीरमौरीको महको शिकार गर्दै आएका छन् ।

ज्यानको बाजी लगाएर आफ्नो ढाडमा डोरी बाँधी तुर्लुङ्ग झुन्डिए मह शिकारका लागि स्थानीय प्रविधिबाट तयार गरिएको बासको चोयाँ र काठ प्रयोग गरी बनाइएमा भ¥याङ (पराङ) मा डेढ झुण्डिएर मह काढ्छन् । दोबाको राम्जा पुन टोल समूहबाट यसवर्ष गाउँको घाँस कुच्चे छहरा, महर्तला भीर, परिम पहरा, गौथली भीर, खोम्सरा पहरा तुर्लुंङ डोरी झुन्डिएर वर्षैपिच्छे मह शिकार गर्दै आएका युवाले पुख्र्यौली पेसा र परम्परा ठान्छन् । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकारमा निस्किएका युवाहरूले सिजनमा नियमित मह शिकारमा निस्किन्छन् ।


‘हत्केलामा राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजीक पुगेर मह निकाल्नुपर्छ, युवाहरू अनुभवी भएकाले सहजै निकाल्न सकिन्छ’ युवा विकासले भने । उनका अनुसार बाढीपहिरोको जोखिममा रहेका केही स्थानमा भने स्थगित गरिएको छ । मह निकाल्न ३ देखि ५ घण्टासम्म लाग्छ । भीरमह काढ्दा परङमार्फत् गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुईंसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने यूवा शिकारी बेग राम्जालीको भनाइ छ । झण्डै ४ सयदेखि १ हजार मिटरको उचाईका पहरामा यसवर्ष ५ सय लिटर मह निकालिएको छ। मह निकाल्ने स्थानीय भाषामा भिरौटेसमेत स्थानीय युवा भएकाले बिक्री भएको मह समूहमार्फत् बेचेर यूवाहरूले घरखर्च चलाउने गरेका छन् । दोबाको भीरमह नेपालभित्र प्रतिलिटर ३५ सय रुपैयाँमा बिक्री हुुन्छ भने विदेशमा रहेका नेपालीको समेत रोजाइमा पर्ने गरेको छ ।


ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ति ब्यवस्थापन गर्नुपर्छ । भीरमह काढ्दा परङमार्फत् गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ । सुरुमा हरियो घाँसको धूवाँ मौरी भएको ठाउँसम्म पु¥याईन्छ । धुवाँले मौरी लठ्ठ परेर चाका छाड्छन् अनिमात्र बल्ल शिकारी मह काढ्न थालिन्छ । बस्तीबाट धेरै टाढा भीरमा क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा बृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिनुपर्ने शिकारी बताउँछन् । म्याग्दीमा महभीरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेको रघुगंगा गाउँपालिका–८ का युवा शिकारी चित्र छन्त्यालले बताए । ‘स्वदेश तथा विदेशबाट थेगिनसक्नु माग हुन्छ, जति मीठो छ मह, उति नै कठीन छ भीरबाट मह काढ्न’ छन्त्यालले भने । भीरमहलाई युवाले पुख्र्यौली पेसा र परम्परा ठान्ने भएकाले पनि बुढापाकाको ठाउँ युवाले ओगटेका छन् ।


कुइनमंगलेका ३९ साना–ठूला भीर पहरामा भीरमह पाइन्छ । ठूलो भीरमा १ सय घार, रुम भन्ने ठाउँमा ८०, जिर्जा भीरमा ७० पन्थेडम्बार भीरमा ५५ घारसम्म निकाल्न सकिने उनले बताए । एक सिजनमा ज्याला, राजश्व, अन्य व्यवस्थापन गरी करिब २५ लाखभन्दा बढी खर्च हुन्छ भने ४० लाखको हाराहारीमा मह बिक्री हुन्छ । म्याग्दीका सबै क्षेत्रमा उत्पादन हुने भीरमहको आधिकारिक तथ्याङ्क नभएपनि स्थानीय शिकारीको भनाई अनुसार करिब १ करोडभन्दा बढीको भीरमह बिक्री हुन्छ । स्थानीय समुहमार्फत् बिक्री हुने भएकाले स्थानीय तहले राजश्व संकलनको दायरामा आउन सकेको छैन ।

पछिल्लो समय स्थानीयलाई भीरमा जाँदा आवश्यक पर्ने सुरक्षाको उपकरणहरूमा युवाले ध्यान दिने भएकाले दुर्घटना समेत निकै कम हुन्छ । म्याग्दीमा दोबा, कुईनेमंगले, लुलाङ, गूर्जा, चिमखोला, दग्नाम, दाना, शिख, हिस्तानको दोसल्ले, कुहुँको थाइबाङलगायत स्थानमा भीर मह पाइन्छ । गुलियो र स्वादिलो हुने भीरमह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ ।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । म्याग्दीका सबै बस्तीमा पछिल्लो समय यूवाहरू नै सक्रिय भएपछि भीरमहको बिक्री बढेको छ । जिल्लाभर करिब ३५ जनाभन्दा बढी भीरमह शिकारी युवा छन् । भीरमह काढ्न जोखिमपूर्ण भएपनि बजारको कुनै समस्या नभएकाले यूवाहरूको सक्रियता बढेको छ । स्थानीय तह, वडा, आमा समुहलाई शुल्क तिरेर मह निकाल्ने गरिन्छ । भीरमौरीको संरक्षण तथा आवश्यक जनचेतनामुलक अभियान आवश्यक भएपनि चासो देखाउने गरिएको छैन ।

 

Leave a Reply