माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीकी बिदिशा सुबेदीको रिटोटलिङमा नतिजा सुधार भएको छ । राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ३.८६ जीपीए आएपछि चित्त नबुझेपछि पुनर्योगका लागि निवेदन दिदाँ ३.९१ जिपिए आएको प्रिन्सिपल दिपक सुबेदीले बताए ।

रघुगंगा गाउँपालिका–३,मौवाफाँटकी सुबेदीले संस्थागत र सामुदायिकतर्फ म्याग्दीकै सवोत्कृष्ट भएकी हुन् ।उनले विगतमा नतिजाहरुमा समेत जिल्लाको शैक्षिक मापनमा समेत थप सहज भएको बताए ।

विद्यालयका सबै २८ जना विद्यार्थीले ३ जिपिएभन्दा माथि नतिजा ल्याएका थिए । बि.स २०६० सालमा मन्टेश्वरी शिक्षाको अवधारणा सहित स्थापना भएको विद्यालयले परीक्षाभन्दा पनि विद्यार्थीलाई ब्यवहारिक र अतिरिक्त क्रियाकलापबाट समेत शिक्षण सिकाईलाई जोड दिने गरेको विद्यालयले जनाएको छ । म्याग्दीमा संस्थागत विद्यालयमा लिटल गार्डेनले उत्कृष्ट नतिजा दिदै आएको छ ।

Leave a Reply