पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने खेल संयोजक सुवास पुनले बताए ।

उनका अनुसार खुल्ला पुरुष फुटबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमश एक लाख र पचास हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।त्यसैगरी महिला फुटबल विजेता र उपविजेताले ३५ हजार र १७ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । पुरुष फुटबलका लागि धरौती सहित ११ हजार रुपैयाँ शुल्क तोकिएको क्लब सचिव सरोज पुनले बताए ।

महिला फुटबलका लागि टिमले तीन हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने क्लबले जनाएको छ । प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिने टिमले १२ हजार रुपैयाँ नगद पाउनेछन् । प्रि क्वाटरदेखि म्यान अफ दि म्याच ,उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट स्टाइगर ,सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीले पुरस्कार पाउने क्लब अध्यक्ष कविन पुनले बताए ।

प्रतियोगिता सम्पन्न मेला संयोजकको टंक पुन र खेल संयोजकको जिम्मेवारी सुवास पुनलाई दिइएको छ । यसैबीच ताराखेलमा दर्ता शुल्क ४ हजार रहेको छ भने प्रथम, द्धितिय र तृतियलाई ४० हजार,२५ हजार र १५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

Leave a Reply