default

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा सम्पन्न हुने म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न नवौं वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न गर्न याम थापाको संयोजकत्वमा स्थानीय ब्यवस्थापन समिति गठन भएको छ ।

बावियाचौर बजारमा सम्पन्न भेलाबाट उप–संयोजकमा मुक्तमान केसी, सदस्यहरू श्रीराम पौडेल,चक्रलाल पाण्डे,प्रेमलाल पौडेल,बेलबहादुर कार्की र अस्तमान घर्ती रहेका छन् ।

प्रवासी म्याग्देलीको साझा संस्था मोना आइइसीले आगामी अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते हुने साधारणसभाको उद्घाटन शत्र इन्द्रेणी पार्क र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको उपसंयोजक केसीले जानकारी दिनुभयो ।

मोनाको साधारणसभाका मुल संयोजक मीम पूर्जाले म्याग्दीका सबै स्थानीय तहमा साधारणसभा गर्ने निर्णय अनुसार यसपटक बावियाचौरमा तय गरिएको बताउनुभयो । उनले साधारणसभालाई सभ्य र भब्य बनाउन मंगला गाउँपालिकाका सामाजिक, राजनीतिक सहित सबै संघसंस्थाहरुलाई रचनात्मक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

साधारण सभामा आउने अतिथिलाई मंगला गाउँपालिका भित्रका पर्यटकीयस्थलको भ्रमण सहित मंगलाको प्रचारप्रसार हुने कार्यक्रमहरु समेत गरिने संयोजक थापाले बताउनुभयो ।

Adv

साधारणसभाकै अवसरमा असोज १६, १७ र १८ गते आँखा शिविर समेत आयोजना गरिएको छ । मोनाको साधारणसभा लक्षित छलफलमा मंगला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्री लगायत स्थानीय होटल ब्यवसायी, यूवा क्लवका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply