अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एकपछि अर्को दुर्लभ किर्तिमानी कायम गदैं ‘निम्स दाइ

On: September 10, 2024 1:06 PM
Follow Us:
---Advertisement---

पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ किर्तिमानी कायम गदैं आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायता विनै आरोहण गरेका छन्। विश्वकै दोस्रो अग्लो हिमाल केटु हिमालबाट सुरू भएको अभियान अन्तरगत म्याग्दीमा रहेको सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो हिमालको समेत आरोण गरेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुबाट सुरू भएर कञ्चनजंगा कञ्चनजंगा हुदै विश्वकै अग्लो सगरमाथा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो रहेको छ ।

अब तिब्वतमा रहेको शिशापङ् मात्रै बाँकी छ । ‘अब यो पनि छिट्टैै आरोहण गर्नेछु, नेपाललाई पर्वतारोहणको क्षेत्रबाट चिनाउने नै मेरो पहिलो लक्ष्य रहेको छ’ आरोही पूर्जाले भने ।

उनले हालसम्म ८ हजार मिटर बाहेक अन्य हिमाल गरी १८ वटा रहेको छ । आरोही पूर्जाको कम्पनी इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सह–संस्थापक मिङ्मा डेविड शेर्पाले हिमाल आरोणका क्षेत्रमा पुस्तौपुस्तासम्म सम्झिन लायक रेकर्ड बनिरहेको बताए । पहिलोपटक विश्वभर किर्तिमानी कायम गर्ने अभियानमा पनि पूर्जाले अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरेका थिए । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ ।

त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् । पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पारेका थिए । हालसम्म विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४७ पटक भन्दा बढी आरोहण गरेका छन् ।

उनको धेरैपटक आरोहण गर्ने, जाडोयाममा समेत आरोहण गर्ने जस्ता किर्तिमानीहरु थपिदै गएको छ । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।

कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए ।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रर्वधनमा समेत पूर्जा सक्रिय छन्। उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।