“उद्घाटयेत्कपाटं तु यथाकुञ्चिकया हठात्
कुण्डलिन्या तथा योगीमोक्षद्वारं विभदेयत् ।
अर्थात्
“साँचोले ताल्चाखु लाई जसरी ढोका उघारिन्त, त्यसरी नै कुण्डलिनी शक्तिजगाएर योगी मोक्षको द्वार उघार्दछ ।”
योग अन्तर्गत कुण्डलिनी ध्यानको ज्यादै महत्वपूर्ण स्थान छ । योगमानिवृत्त हुने योगीहरुले कुण्डलिनीको सम्बन्धमा पनि राम्रो ज्ञान हासिलगर्नु जरुरी छ । यसर्थ यहाँ कुण्डलिनीको बारेमा चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
जस्तै जुन प्रकारले मेशीनका क्वाइल्स हुन्छन् । जसको माध्यमबाट विद्युतीय धाराहरु गुज्रन्छन् र तीक्वाइल्सहरु सुनिश्चित क्षेत्रमा सुनिश्चितकार्य गर्दछन् । त्यस्तै प्रकारले हाम्रो शरीरमा मेरुदण्डको माध्यमबाट गएका सुषुम्णा नाडीमा जुनक्वाइल्स अर्थात् कुण्डल छन्, त्यसमा प्रवाहित भएको जीवनशक्तिलाई नै कुण्डलिनी भनिन्छ ।
नाडीमा भिन्नभिन्न स्थानमा ईडा र पिङ्ला नाडीको क्रस हुँदाखेरि जहाँजहाँक्रसिङ्ग प्वाइन्टस अर्थात् दुई नाडीहरु एक आपसमा काटिएका स्थानहरु आउँछन् तिनीहरुलाई नै बाटो बनाएर (काट्दै) जब सुषुम्णा गुज्रन्छ तब तीती स्थानहरुमाक्वाइल्स पैदा हुन जान्छन् ।
जसलाई योगशास्त्रमाचक्रभनियो । योग शास्त्रअनुसार मानव शरीरमा सातचक्रहरु छन् ।पहिलो चक्रअर्थात् मूलाधार चक्र कुण्डलिनी शक्तिको मूल स्थानहो भने सहस्रार यसको अन्तिम स्थानहो । ध्यानद्वार कुण्डलिनी शक्तिजागृत भयो भने ईडा र पिङ्गलाको बीच सुषुम्णा नाडी हुँदै मूलाधार चक्रबाट सहस्रार चक्रतर्फ गमनगर्दछ । यसैगरी मूलाधारलाई शक्तिको केन्द्र मानिन्छ भने सहस्रारलाई शिवको स्थान मानिन्छ ।
वास्तवमाहाम्रो सच्चा स्वरुपभनेको शक्ति९ख्ष्तब िभ्लभचनथ०हो ।हामीसँगकतिशक्ति छ भन्ने कुराको ज्ञान पटक्कै छैन । हामीसँगअथाहशक्तिछ भन्ने कुराको कल्पना समेत गरेका छैनौं ।
सायदअधिकांशहामीले स्वयं आफूलाई विश्वास गरेका छैनौं । परमात्माको एक इकाई हामीभित्रअन्तरनीहित छ भन्ने कुराको पनिहेक्का छैन र साथै हामीलेआफूलाई ब्रम्हको सुक्ष्म अंशहौं भन्ने कुरा बिर्सेका छौं । यहीकारण आजसम्महामीले आफूलाईमुर्ख, कमजोर र अयोग्य ठान्दै गयौं । परिणामस्वरुपकमजोर, क्षीणहीन, रोगी, असफल, उदास, निराशजिन्दगीबोकेर हिंडिरहेका छौं ।
हाम्रो जिन्दगीअपार थियो तर हामीले स्वयं आफूलाई नजान्नाले जिन्दगी बेकार भएको छ । जिन्दगी हिरा सरी थियो तर आफूलाई नचिन्नाले किरा सरी भएर बाँच्नुपरेको छ । हामीले मालिकजस्तो भएर सानदार जिन्दगीजिउन सक्थ्यौं तर स्वयं आफूभित्रमालिक छिपेको छ भन्ने कुराको ज्ञान नहुनाले हामीआजगुलामजस्तो जिन्दगीबाँचिरहेका छौं । भित्रभित्रचित्तमा अनेकौं फोहोरका रागहरु बोकेर हिंडिरहेका छौं ।
मनभित्रकाम, क्रोध, लोभ, मोह र अहंकार जस्ता अज्ञान बोकेर बाँचेका छौं । इन्द्रियहरुको विषयवासनाको बन्धनमा फसेर दासीजिन्दगीबाँचिरहेका छौं । शरीरमा रोगैरोग व्याप्त छन्, यसरी एकातिर रोगहरु बोकेर हिंड्नुपरेको छ भने अर्कोतिर अस्पतालको औषधीहरुको भरिया बन्नु परेको छ ।
जसरी एउटा विशालभीमकायहात्तीले आफ्नो शक्तिको अत्तोपत्तो नपाउनाले एउटा सानो फुच्चे माहुतेको अधिनमा परेर आफ्नो जिन्दगीलाई गुलामबनाएको हुन्छ, ठीक त्यसरी नै हामीले आफ्नो शक्तिलाई नचिन्नाले मालिकभएर जिउने नैसर्गिक अधिकार हामीले गुमाएका छौं ।
यसका साथै सदासर्वदा आनन्दितभएर जिउने सौभाग्यपनिगुमाएका छौं । यहीकारण हाम्रो ओठको हाँसो रोगले खोसेको छ । दिलको चैनतनावले खोसिदिएको छ । अन्तरमनको हर्षअभिमानले खोसिदिएको छ । यसर्थ हामीबाट खोसिएका, लुटिएका सबै अस्मिता. र अस्तित्वलाई पुनर्बहालीगर्नु अपरिहार्य भएको छ र पुनर्बहालीगर्ने हामीसँग एउटै मात्रउपाय छ त्यो हो ध्यान ।
जीवनआवादीबन्ने वाबर्बादीबन्ने जीवन सौभाग्यबन्ने वादुर्भाग्यबन्ने, जीवन सुखीबन्ने वादुःखीबन्ने, जीवनमालिकबन्ने वागुलामबन्ने, जीवन सफलबन्ने वाअसफलबन्ने, जीवन साधु बन्ने वा डाँकु बन्ने यी सबै तमाम रहस्यहरु नै मनमा लुकेका हुन्छन् तर आजसम्महामीले मनको शक्तिलाई जान्ने, बुझ्ने चेष्टा कहिल्यै गरेनौं र मनको नजिकपुग्ने दुस्साहस पनिकहिल्यै गर्न सकेनौं । यसर्थ मनको शक्तिको चमत्कारलाई जान्नको लागिमनको नजिकपुग्नु जरुरी छ र मनसम्मपुग्ने मार्गको नाम नै ध्यानहो ।
सन्तकवीर भन्नुहुन्छ–
कस्तुरी बसे कुण्डल, मृग ढुँडे बनमाही
ऐसे घटघटमे राम है दुनियाँजानतानही ।।
हामीले खोजेको आनन्द, आत्मसम्मान, प्रेम, करुणा, आत्मज्ञान र जीवनशक्तिको कुण्डल भित्र छ तर हामीले यी सब बाहिर बाहिर खोजिहिंडेका छौं ।
हरेकको शरीरभित्र राम छिपेको छ तथापिदुनियाँले पत्तो पाएको छैन । यसर्थ अबहामीले खोजको मार्ग बदल्नुपर्दछ अर्थात् बर्हिमुखी यात्राबाट अन्तरमुखीयात्रा रोज्नुपर्छ । यसै अन्तरयात्राको नामहो ध्यान ।
एउटा सानदार एवम् सार्थक जीवनजिउनाकालागि कुण्डलिनी जागरण हुनुपर्छ अर्थात् सातै चक्रको सक्रियताहुनुपर्दछ । यी सातै चक्रलाई सक्रियबनाउने ध्यानविधिलाई नै कुण्डलिनी ध्यान भनिन्छ ।