“आफ्नो सपनालाई साकार बनाउने सर्वश्रेष्ठ तरिका हो तिमी जाग ।” -पल बैलेर
जसरी मनुष्यले लक्ष्यमा पुग्नु छ भने सबैभन्दा पहिले उसलाई आफ्नो कक्षको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ अर्थात् कुनै पर्यटक बेनीमा उभिएको छ र उसको लक्ष्य मुक्तिनाथ पुग्नुछ भने सबैभन्दा उसलाई बेनीको धरातलमा छु भन्ने कुराको राम्ररी हेक्का हुनुपर्छ । अनि मात्र मुक्तिनाथ यात्राको निर्धार।ण गर्न सक्छ ।

साथै लक्ष्यमा पुग्ने बारेमा स्पष्टता आउन सक्छ । ठीक त्यसैगरी हामी सदासर्वदा स्वस्थ, सुखी र आनन्दित बन्न चाहन्छौं भने सबैभन्दा पहिले हामीले आफ्नो आधार जग तथा आफू बाँचिरहेको धरातलको बारेमा स्पष्ट जानकारी हुनु जरुरी हुन्छ ।

यदि आफ्नो आधार जग धरातल बलियो छ भने आफ्नो भविष्य सुखद बन्दै जान्छ । यदि आफ्नो आधार जगमा गडबड छ भने आफ्नो धरातल कमजोर छ भने निश्चय नै हाम्रो भविष्य अन्धकारमय हुनेछ ।यहाँ यस्तै व्यक्ति थिए जोसँग स्वस्थ रहने रहर थियो, सुखी बन्ने आकांक्षा थियो र आनन्दित भएर जिउने अभिप्सा थियो ।

तर उहाँको जिन्दगी एकातिर शारीरिक आकार फस्टाउँदै थियो भने अर्कोतिर फराकिलो शरीरभित्र विभिन्न रोग, समस्याहरु दिनप्रतिदिन फस्टाउँदै थिए । यही तनकै कारण मनमा अनगिन्ती मानसिक समस्याहरु जस्तो तनाव, चिन्ता, अनिद्रा, निराशा, हताश, अशान्ति आदि इत्यादि हुर्कँदै थिए ।

फलस्वरुप जिन्दगी दिनप्रतिदिन अन्धकारमय हुँदै थियो । ठीक यति नै बेला योग मार्ग भेटियो अर्थात् बिहानी भयो सूर्य उदायो तत्पश्चात् बल्ल थाहा भयो आफू हिँडेको बाटो गलत रहेछ भनी बाटो बदल्ने दुस्साहस गरेकी एक व्यक्तित्व हुन् दुर्गा गौतम शर्मा ।

यसर्थ उहाँको जिन्दगीले अर्कै मोड लियो । चरम भोग र भोगीको जीवन यात्राबाट एकाएक योग र योगीको जीवन यात्रातर्फ मोडियो । अशान्ति, अस्वस्थ, अधार्मिक संसारबाट शान्ति, स्वस्थ र धार्मिक संसारको यात्रा हुन थाल्यो । फलस्वरुप रोगीबाट योगी बन्न सफल बन्नुभएको छ । साधारण साधिकाबाट कुशल योग प्रशिक्षक बनिसक्नुभएको छ ।

आफ्नो ज्ञान र अनुभवको माध्यमबाट जिल्ला आयुर्वेद अस्पतालमा निरन्तर लामो समयसम्म योग प्रशिक्षण गरेकी दुर्गा शर्माले नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीमा हुने विभिन्न कार्यक्रमहरुमा रचनात्मक भूमिका निर्वाह गर्नुका साथै श्रद्वेय गुरु डा. योगी विकासानन्दज्यूको मुक्तिनाथ मन्त्र साधना तथा भ्रमण यात्रामा जाने शिलसिलामा तीन घण्टे म्याग्दी बसाइमा रहँदाको हिप्नोसिस कार्यक्रमको संयोजक समेत बन्नुभएको थियो ।

यसरी सेवा, साधना र सत्संगलाई आफ्नो जीवन पद्धति बनाएकी योग प्रशिक्षक शर्माले आफूले प्रशिक्षक बनेदेखि आजसम्म निरन्तर यस संस्थालाई अतुलनीय योगदान पु¥याएबापत् उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै संस्थाले पटकपटक सम्मान तथा कदर पत्र प्रदान गर्दै आएको छ ।

पानीको तलाउले मान्छेलाई मार्दैन त्यो व्यक्ति मात्र तलाउमा डुबेर मर्छ जोसँग पौडिने कला छैन, जोसँग पानीमा पौडिने कला छ उसलाई पानीको तलाउले मार्दैन अर्थात् डुबाउँदैन बरु तलाउमा पौडिएर तलाउबाट मजा लिन्छ ।
शर्माले जिउने कला जानेकी हुँदैनथिइन् भने अहिले रोग, शोक, दुःखमा डुबेकोहुन्थ्यो ।

शैक्षिक योग्यतातर्फ स्नातक तह उत्तीर्ण शर्माले अहिले जीवन जिउन जान्नुभएको छ त्यसैले योग जीवनबाट मस्ती लिँदै थुप्रै योग साधक साधिकाहरुलाई जीवन जिउने कला सिकाउँदै आउनुभएको छ । यसका साथै शर्माले विश्व परिवार आश्रम बराङ पोखराबाट रेकी दोस्रो डिग्रीको दिक्षा समेत लिइसक्नुभएको छ ।

“आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो – स्वामी विवेकानन्द ।”

 

Leave a Reply