म्याग्दी घर भएका लोकप्रिय गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृष्टिविहीन गायिका मन्दिरा थापाको स्वरमा मन चाहिन्छ शुद्ध बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायन सँगसँगै सामाजिक कर्ममा पनि उत्तिकै सक्रिय हेमन्तले तनहुँकी दृष्टिविहीन

गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै उनीलाई आफ्नो गीतमा स्वर भर्ने अवसर दिएको गीतले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सार्वजनिक गीतको शब्द राजकुमार बगरका हुन् भने सङ्गीत र थेगो हेमन्त कान्छा रसाईलीको नै रहेको छ । संचारकर्मी पारस भट्टराई, मान बहादुर परियार र बिराज गन्धर्वको अभिनय रहेको गीतको छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतले माया गर्ने मान्छेको मन पवित्र चाहिन्द्ध भन्ने कुरालाई जोड दिएको छ ।

Leave a Reply