केहीदिन अगाडी तनहुँकी दृविष्टविहिन गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृष्टिविहिन गायिका मन्दिरा थापाको स्वरमा ‘मन चाहिन्छ शुद्ध’ बोलको गीतको भिडियो सार्वजनिक गरे । यो गीतले अहिले चौतर्फी चर्चा कमाइरहेको छ ।

दृष्टिविहिन ग गायिकालाई अवसरसँगै निरन्तर साथ र सहयोग गरेका गायक रसाइलीको सामाजिक सञ्जालमा चर्चासँगै गीतले समेत लय समातिसकेको छ ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ मा जन्मिएका सारंगी वादक समेत रहेका रसाईली बहुप्रतिभाका खानी हुन् । उनको स्वर मिठो छ, हातले सारंगी, तबला, हार्मोनियम र सर्जक र कुशल संगीतकार ।

सांगीतिक क्षेत्रमा लम्किएका गायक रसाइलीले तयार गरेका धेरै धुनहरु अहिले समाचारजन्य अनलाइन टिभी, रेडियोका कार्यक्रमहरुमा समेत घन्किने गरेका छन् । सम्रगमा भन्नुपर्दा उनी अनेक प्रतिभाका खानी र सहयोगी मनका धनी भएका गायक हुन् । कलिला गायकदेखि जेष्ठ गायकगायिकाका गीतहरुमा उनको मेहनत देखिन्छ ।

बहुप्रतिभाका खानी गायक र ‘सारंगी वादकको रुपमा चिन्ने धेरै छन् । उनको लगाव गायनमा थियो, भविष्य सारंगी बन्यो । सारथी पनि । उनले सारंगीको जगेर्ना गरेका छन् भने सारंगीले उनको भविष्य जगेर्ना गरिदिएको छ । सारंगी जति रेट्छन्, उति तिखारिँदो छ भविष्य ।

‘मेरो करिअरको सुरुवात गायनबाट भयो तर सफलताको श्रेय म सारंगीलाई दिन्छु । मेरो चिनारी यही हो । मेरो साथी नै सारंगी हो ।’ उनका अनुसार सारंगी वादन धेरै गाह्रो छ । यो सिक्नका लागि तपस्या गनुपर्ने उनको भनाई छ । गहिराईमा डुब्नुपर्छ । जोकोहीले सारंगी बजाउन नसक्ने भएकाले अहिले कामको अभाव नभएको उनको भनाई छ ।

०५८÷५९ सालतिरको कुरा । एकदिन ठमेल बजारतिर डुल्दै थिए हेमन्त। सानैदेखि गीत÷संगीतमा लगाव राखेपछि उनले ३ सय रुपैयाँ तिरे र किने । १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी ।

तपस्या गरेजत्तिकै, लगाव झन् बढेपछि अहिलेको नतिजा आएको उनको भनाई छ । ०६२÷६३ सालतिर ‘काँचो सुन्तला’ गीतमा उनी आफैँले सांरगी बजाएका थिए त्यसपछि २०÷२५ वटा गीतमा बजाए । ‘गायक नै बन्छु’ भन्ने अठोटका साथ गरेको मेहनतको सफलता अहिले देख्न पाएको उनले बताए । उनले कमाउन विदेश जाने सोचलाई सांरगीले रोकेको बताए।

‘जापानमा भविष्य राम्रो छ’ भन्ने सुनेका थिए, त्यतै जाने तयारी थालेको थिए, तर सोचेजस्तो भएन, पैसा फस्यो, अहिले त्यो नै राम्रो भयो जस्तो लाग्छ’ उनले भने । जापानका लागि पैसा फसेपछि विदेशमा कमाउने सपना नै सारंगी हुदै अहिलेको नतिजालाई लिने गरेको बताउने रसाइलीले विदेशमा गएर सांगितिक कार्यक्रमबाट समेत राम्रो कमाइ गरेका छन् । ‘मेरो करिअरको मुख्य जग नै सारंगी हो ।

जे–जति पाएको छु, यसैबाट पाएको छु । सारंगी बजाएरै नाम, दाम, इज्जत कमाएको छु । यसैबाट ज्यान पालेको छु ।’ ९० भन्दा बढी गीतमा आवाज दिएका हेमन्तले पछिल्लो समय गायनलाई पनि प्राथमिकता दिन थालेका छन् । आफ्नो ‘भाग्यमानी’ गीतबाट उनी गायनमा फर्किएका हुन् । उनले १२ हजार बढी गीतमा सारंगी बजाएका छन् ।

भाग्यमानी, बालापन, किन होला खै, झुटो माया, मरेछ नि लाहुरे, कर्मै हाराको, रेलको ढोका बन्द, तिम्रो नै माया, खै सरकार लगायत उनका धेरै गीतहरुले राम्रो प्रतिक्रिया बटुलेको छ । नेपालमा चलेका फिल्ममा सारंगीको धुन चहियो भने सबैले हेमन्तलाई नै सम्झिन्छन् ।

Leave a Reply