म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिताको उत्कृष्ट २७ भित्र पर्नुभएको छ ।

शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्टमा गण्डकी प्रदेशबाट ४ जनामा म्याग्दीबाट एक्लो प्रतिस्पर्धीको रुपमा हुनुहुन्छ । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका छन् ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको छ । अन्नपूर्णकी उपाध्यक्ष पुन लामो समय बालबालिका, विकास निर्माण, स्वास्थ्य र महिला शसक्तीकरणका क्षेत्रमा सक्रिय हुनुहुुन्थ्यो ।

प्रतिस्पर्धामा छनोट भएका आभार प्रकट गदैं बाँकी यात्रामा समेत साथ र सहयोगको अपेक्षा गरेको उपाध्यक्ष पुनको भनाई छ । सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने छ ।

यसरी गर्न सकिन्छ भोट ?

१) अनलाइन माध्यमबाट भोट गर्न :Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ ।

२) अफलाइन माध्यमबाट भोट गर्न : मोवाइलको म्यासेज वक्समा गई sli<space>18 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ ।

Leave a Reply