प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समिति म्याग्दीका सभापती कृष्णप्रसाद बरुवाल पोखरामा सम्मानित हुनुभएको छ । बुधबार वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिका–६ ,घारका बरुवाललाई काग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको १११ औ जन्म जयन्तिका अवसरमा सम्मान गरेको हो ।

नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रतिनिधीसभा सदस्य सदस्य डा. शशांक कोइराला, नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बरुवाल लगायतलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । नेपाली काँग्रेसको राजनीतिमा विशिष्ट योगदान गरेवापत बरुवाललाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।कांग्रेसका नेता डा.कोइरालाले वीपीको चिन्तालाई आत्मसात गर्न सकेमा कांग्रेस कहिल्यै पनि कमजोर बन्न नहुने बताउनुभयाे ।

Leave a Reply