म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न नवौं वार्षिक साधारणसभाको अवसरमा बावियाचौरमा तीन दिने बृहत आँखा शिविर सञ्चालन हुने भएको छ ।

मंगला गाउँपालिका–२, स्थित बाबियाचौरमा अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते साधारणसभा हुने साधारणसभामा मोनाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ म्याग्दी र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा असोज १६, १७ र १८ गते आँखा शिविर संचालन गरिने शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए ।

निशुल्क मोतिबिन्दु शल्यक्रिया समेत शिविरमा गरिने छ भने थप समस्या भएकालाई रिफर गरी उपचार गरिने छ । उनका अनुसार आँशा शिविरमा बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बागलुङबाट समेत उत्साहजनक सहभागिता हुने छ भने जिल्लाका अन्य पालिकाबाट समेत समस्या देखिएका सर्वसाधारणलाई शिविरबाट सेवा लिने गरी प्रचारप्रसार गरिएको छ ।

साधारणसभाको अवसरमा बावियाचौरमा विविध कार्यक्रम सहित नौमति बाजा, पुख्यौली नृत्य, थाली नाच लगायतका सांस्कृतिक कार्यक्रमका साथै पर्यटकीयस्थलको प्रचारप्रसार समेत गरिने साधारणसभाका मुल संयोजक मीम पूर्जाको भनाई छ ।

साधारणसभाको उद्घाटन सत्र इन्द्रेणी पार्क र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको स्थानीय उपसमितिका संयोजक याम थापाको भनाई छ । मोनाले जिल्लामा विरामी गरिब विपन्न परिवारका सदस्यको उपचारमा आर्थिक सहयोग , विपद ,शिक्षा ,स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ ।

 

Leave a Reply