---Advertisement---

बागलुङ दुर्घटना अपडेटः पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु

By नागरिक
On: September 13, 2024 11:19 AM
Follow Us:

बागलुङको भुङ्खानीमा भएको दुर्घटनामा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको छ।

गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा आज बिहान गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेको गाडी दुर्घटना पुथा उत्तरगंगा गाउँपालिकाका रहेको र गाडीमा गाउँपालिकाका जनप्रतिनिधि सवार रहेको प्रहरीले बताएको छ। जसमा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया बुढाको मृत्यु भएको छ भने अन्य दुईजनाको सनाखन हुन बाँकी रहेको छ।

लोकमार्गमा रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

एकजना गम्भीर घाइते छन्।

नागरिक