बेनी नगरपालिका-६,मा सडक बत्ती जडान गरिएको छ । बत्तीको अभावमा रातको समयमा सर्वसाधारणलाई समस्या भएपछि जरबु्टादेखि छापा राम्चेसम्म १६ वडा सडक बत्ती जडान भएपछि रात्रिकालीन यात्राका लागि सहज भएको छ ।

नेपाल विद्युत् केन्द्र बेनीसँगको सहकार्यमा सडकखण्डमा पोलको ब्यवस्थापनपछि छापा यूवा क्लवले सडक बत्ती जडान गरेको क्लवका अध्यक्ष पुस्कल खत्रीले बताए ।

‘रातको समयमा आवतजावत गर्नुपर्दा निकै समस्या थियो, अहिले सहज भएको छ,मर्मतसम्भारका लागि पनि ध्यान दिएका छौ’ अध्यक्ष खत्रीले भने । उनका अनुसार क्लवले स्थानीय समुदायसँग मिलेर थप सुविधाहरु समेत विस्तार गर्ने बताए ।

सडक बत्ती सञ्चालनमा आएपछि रात्रिकालीन समयमा हुने दुर्घटनामा कमी आउनुका साथै स्थानीयबासीलाई सहज हुने भएकाले वडा कार्यालयमार्फत समेत समन्वय गरिएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताए ।

सडक कालोपत्रे भएपछि अहिले सवारीसाधनको आवतजावत बाख्लो भइरहेको अवस्थामा सडकमा बत्ती नहुदाँ पैदलयात्रीलाई दुर्घटनाको जोखिम समेत हुने गरेको थियो । क्लवले सडक बत्ती मर्मतसम्भारका लागि विभिन्न कार्यक्रमहरुबाट बचत भएको रकमलाई समेत प्रयोग गर्ने जनाएको छ ।

Leave a Reply