म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित विद्यालयस्तरीय प्रथम सूचना प्रविधि (आइटी) हाजिरीजवाफ प्रतियोगितामा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडमी प्रथम भएको छ।

प्रविधि क्षेत्रमा भइरहेको द्रुत विकास र यसको बढ्दो प्रयोगसँगै विद्यालयलाई समेत प्रविधिमैत्री बनाउने उदेश्यले आयोजित प्रतियोगिताममा न्यु वेष्ट पोइन्ट आवासीय मावि द्धितिय, बेनी सामुदायिक मावि तृतिय र प्रकाश माविले सान्त्वना स्थान हात पारेका थिए ।

प्रतियोगिताका विजेतालाई क्रमश ८ हजार, ६ हजार, ४ हजार २ हजार नगद, प्रमाणपत्रले प्रमुख अतिथि पर्वतको जलजला गाउँपालिका राजप्रसाद आचार्य, विशिष्ट अथिति शेरबहादुर केसी, क्या. मिनबहादुर कार्की र क्याम्पस प्रमुख श्रीधर सुबेदीले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा बोल्दै प्रमुख अतिथि जलजला गाउँपालिका अध्यक्ष आचार्यले म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक तथा विभिन्न क्षेत्रमा गाउँपालिकाले समेत सहयोग गर्ने बताउनुभयो ।

‘ क्याम्पसका लागि आवश्यक सहयोग गर्न तयार छौ, यहाँ उत्पादन भएको दक्ष जनशक्तीलाई गाउँपालिकाले समेत अवसरको वातावरण बनाउने छ’ अध्यक्ष आचार्यले भन्नुभयो । प्रतियोगितामा ७ विद्यालयले सहभागिता जनाएको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख सुबेदीको अध्यक्षता, आइटी क्लवका अध्यक्ष शेरबहादुर विकको स्वागत र अतिरिक्त विभाग प्रमुख नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको प्रतियोगिताले प्रविधिमार्फत शिक्षण र सिकाइमा सहयोग पुगेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिने जनाइएको छ ।

Leave a Reply