---Advertisement---

मोना मलेसियाको तेस्रो वार्षिकोत्सवमा खेलाडी सम्मान तथा विदाई

On: September 16, 2024 11:24 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ मोना मलेसियाले तेस्रो वार्षिकोत्सवको अवसरमा खेलाडी सम्मान तथा विदाइ कार्यक्रम गरेको छ। रोजगार, ब्यापारको सिलसिलामा मलेसियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले क्वालालम्पुरमा स्थित लाङ्घालि रेस्टुरेन्टमा केक काटेर तेस्रो वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको हो ।

मोनाका संस्थाका संथापक अध्यक्ष तथा संरक्षक रामचन्द्र केसीको अध्यक्षतामा प्रकाश केसीको सञ्चालन गरेको कार्यक्रममा म्याग्दी वाग्लुङ्ग लगायत विभिन्न जिल्लाका संघसंस्थाका प्रतिनिधिले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा मोनाका खेलकुद विभागमार्फत भएका विभिन्न खेलमा उत्कृष्ट प्रर्दशनी गर्ने र म्याग्दीलाई खेलमार्फत चिनाउने खेलाडीलाई सम्मानपत्रले सम्मान गरिएको मोना मलेसियाका महासचिव केस रोका मगरले जानकारी दिनुभयो । सोही अवसरमा मोनाका सदस्य विनोद पुन मगरलाई सम्मान तथा विदाई गरिएको थियो ।

बरिष्ठ सदस्य पुनले संस्थाको स्थापनाकालदेखि नै अतुलनीय योगदान पुर्याउनुभएको महासचिव रोका मगरले बताउनुभयो । सोही अवसरमा मलेसियाका विभिन्न क्षेत्रमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अनुरोध गरिएको थियो । मलेसियामा समस्यमा परेका म्याग्देलीलाई विभिन्न माध्यमबाट सहयोग गर्ने मोनामा पछिल्लो समय म्याग्देलीको आवद्धता बढ्दै गएको छ।