म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओकाकोे कोगा सी मा रहेको ताइकुकानमा सम्पन्न भएको पुरुष भलिबल प्रतियोगितामा सोझो सेटले दोप्पीओ कम्पनीको टिमले जित हात पारेको छ ।

”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ नाङ्गलो घर फुकुओकाको प्रमुख प्रायोजनमा दोस्रो मोना क्युस्यु भलिबल कप भव्यताका साथ सम्पन्न भएको खेलको फाइनलमा आयोजक मोना क्युस्यु र जापानिज भलिबल टिम दोप्पीओ कम्पनी बीच भएको खेलमा मोना उपविजेता भएको मोना क्युस्यु संयोजक दिपक बिकले जानकारी दिए ।

प्रतियोगितामा पुरुष भलिबलमा प्रथम र दिप्तीय हुने टिमले क्रमशः १२०,००० येन र ६६,६६६ येन प्राप्त गरेका थिए । साथै यस वर्ष तृतिय हुने टिमलाई पनि पुरस्कारको व्यवस्था गरीएको थियो । उक्त पुरस्कार एभरेष्ट भलिबल कल्बलाई सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परीवारले ३३,३३३ येन हात पारेको थियो ।

प्रतियोगीतामा विभीन्न विधामा ट्रफि, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेका थिए । पुरुष भलिबल वेस्ट प्लेयरमा मोनाका सुर सिँह ठकुरी, वेस्ट सेटर दोप्पीओ कम्पनीका तोखावा ताइयो, बेस्ट बल्करमा दोप्पीओ कम्पनीका साखाइ रिउकी, बेस्ट कोचमा दोप्पीओ कम्पनीका बाबा युउसुके र वेस्ट स्पाइकरमा घुम्टे युवा परीवारका सुरेश थिङ्ग भएका थिए ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानका अध्यक्ष बिसाल केसी, बिशीष्ठ अतिथीमा फुकुओका वाणिज्य दूतावासका सचिब दीपक देवकोटा, म्याग्दी जिल्लामा जन्म भै महिला भलिबलमा क्षेत्रिय खेलाडी र हाल जापानमा बसोबास गर्ने सस्मी पुन, प्रतियोगीता प्रायोजक नाङ्लो घर फुकुओकाका संचालक रमेश कुँवर, क्योदाइ रेमिटान्स हाकाता प्रमुख रामकृष्ण श्रेष्ठ, फुकुओका नेपाल सोसाइटीका अध्यक्ष इन्द्र प्रसाद घले लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भलिबल प्रतियोगिताबाट बचत भएको आर्थिक म्याग्दीको स्थानिय निकायसँगको सहकार्यमा म्याग्दी जिल्लामा स्वास्थ्य शिवीर संचालन गर्ने योजना रहेको संयोजक विकले प्रतिबद्धता जनाए । मोना क्युस्यु स्थापना काल देखीनै देशमा होस या परदेशमा परी आएका समस्यामा म्याग्देली र गैर म्याग्देलीमा केही भेदभाव नगरी विभीन्न सामाजीक कार्यमा अग्रसर रहेको छ ।

Leave a Reply