रोजगारीको सिलसिलामा मलेसिया पुगेका म्याग्दीका एक यूवा ९ बर्षदेखि बेपत्ता भएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-४, का लिल प्रसाद घर्ती परिवारको लामो समयदेखि सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ ।

११ बर्ष अगाडी मलेसिया गएका घर्तीको ९ बर्षपछि वास्तविक अवस्थाबारेमा परिवारसमेत बेखबर छ । म्याग्देलीको साझा संस्था मोना मलेसियालाई बेपत्ता लिलप्रसादकी श्रीमति लक्षिमा घर्तीले घर फर्किने आशमा ९ बर्ष कुर्दा समेत अत्तोपत्तो नभएपछि खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ ।

‘श्रीमानका बारेमा केही जानकारी छैन, हामीले विभिन्न माध्यमबाट खोजीकार्य गर्दा समेत फेला पार्न सकिएको छैन’ लक्षिमाले भन्नुभयो । मलेसियामा गएको दुई बर्षसम्म नियमित सम्पर्कमा रहनुभएका लिलप्रसादको अवस्थाका बारेमा परिवारले मोनामार्फत अपिल गरेका छन् ।

‘अप्ठ्यारोमा परेको पनि हुनसक्छ, सबैले खोजीकार्य गरी सहयोग गरिदिनुहोला’ श्रीमति लक्षिमाले भन्नुभयो । ९ बगर्षसम्म बाटो हेरेर बसेका लिलप्रसादका परिवारले छोराको सकुशल घर फिर्तीको याचना गरेका छन् ।

मोना मलेसियाका अध्यक्ष पूर्णबहादुर रोकाले बेपत्ता भएका लीलप्रसादको खोजीकार्य सुरु भएको बताउनुभयो । ‘उहाँका बारेमा जानकारी पाउँदा वित्तिकै खोजीकार्यमा जुटेका छौ’ अध्यक्ष रोकाले भन्नुभयो । बेपत्ता भएका लीलप्रसादको भिसा समेत रहेकाले उनी मलेसियामै लुकेको वा परिवारसँग सम्पर्कमा आउन नचाहेको हुनसक्ने अध्यक्ष रोकाको भनाई छ ।

मलेसियामा रहेका नेपालीलाई बेपत्ता लीलप्रसादलाई भेटाएमा खबर गर्न मलेसियास्थित मोना, एनआरएनए र नेपाली दूतावासले आग्रह गरिएको छ । बेपत्ता भएका लीलप्रसादको भिसा समेत रहेकाले उनी मलेसियामै लुकेको वा परिवारसँग सम्पर्कमा आउन नचाहेको हुनसक्ने अनुमान गरिएको मोना मलेसियाका महासचिव केश रोका मगरले बताउनुभयो ।रोजगारीका लागि मलेसिया आउनेहरुले मोनामा आवद्ध भएको अवस्थामा खोेजीकार्य सहज हुने छन् ।

 

 

Leave a Reply