म्याग्दीमा घरमा सुत्केरी गराउने चलन कायमै रहेको पाइएको छ । शिक्षित परिवारकै लापरबाही, हेलचेक्र्याइँले गर्दा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

स्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठीमा स्थानीय तह र स्वास्थ्य संस्थाले ग्रामीण क्षेत्रसम्म प्रभावकारी सेवा विस्तार गरेको दावी गरिरहँदा नवजात शिशु र आमाको जीवन जोखिमबाट जो लक्ष्य म्याग्दीमा पूरा हुने सम्भावना देखिएको छैन ।

म्याग्दीमा एक वर्षमा घरमा २६ जना सुत्केरी भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ ।

घरभित्रै सुत्केरी हुनेमा सबैभन्दा धेरै मालिका गाउँपालिकामा १०, रघुगंगा गाउँपालिकामा ९, मंंगला गाउँपालिका ५ र धवलागिरी गाउँपालिकामा ३ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी जारनकारी दिए ।अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेपछि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले सम्मान गदै ।

स्वास्थ्य चौकीमा चार पटक गर्भजाँच गर्ने, गर्भवतीले टिटी खोप लगाउने, नियमित रुपमा आइरन चक्की लिने जस्ता अभियानमा चासो देखाउनेहरू स्वास्थ्यचौकीमै पुगेर सेवा लिने गरेका छन् । परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यान खतरा हुन्छ ।

अन्नपूर्णमा घरमै प्रसूति हुनेको संख्या शून्य
अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ। प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुरु गरिएको अभियान सफल भएको र घरमा प्रसूति हुनेको संख्या शून्य बनाइएको गाउँपालिका स्वास्थ्य संयोजक समुन्द्र बरुवालले बताए ।

उनका अनुसार गाउँपालिकाले चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एकरएक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरिएको छ। सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। आव २०७९र८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए। आव २०७८÷७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए।घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ।

Leave a Reply