म्याग्दीको सदरमुकाम बेनीबजारमा अवस्थित माछापुच्छ्रे बैँक बेनी शाखाले वित्तिय साक्षरता कार्यक्रम अन्तरगत घर–घरमा बैँक कार्यक्रम आयोजना गरेको छ। बिहिबार पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा समुदाय तथा व्यक्तिलाई घर–घरमा गई खाता खोल्न उत्प्रेरणा प्रदान गर्नका साथै बैंकका बारेमा जानकारी गराइएको छ ।

शाखा प्रबन्धक मन शर्माले वित्तिय कारोबारसँगै समुदायस्तरमा पुगेर वित्तिय ज्ञान प्रदान गरिएको बताउनुभयो ।‘बैंक नै घरमा पुग्दा सर्वसाधारणमा पनि उत्साह थपिन्छ,‘बढ्दो बजारीकरणसंगै नयाँ ब्यवसाय विस्तार भएका क्षेत्रमा समेत पुग्ने प्रयासमा छौ’ प्रबन्धक शर्माले भन्नुभयो । करिब २ सय जनालाई वित्तिय जानकारी सहित खाता खोलिएको छ ।

घरदैलोमा पुगेर बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो । बैंकले समुदायसँगै विद्यार्थीमाझ समेत वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिएको छ । बैंकले सामुदायिक उत्तरदाहित्व अन्तरगत बेनी अस्पतला सहित विभिन्न संघसंस्थालाई समेत सहयोग गर्ने गरेको छ ।

Leave a Reply